Logo

२०८३, आश्विन ९गते


images
images

कोलिय देवदह सहकारीको ९ सेवा केन्द्रको बार्षिक साधारणसभा एकै दिन

कोलिय देवदह सहकारीको ९ सेवा केन्द्रको बार्षिक साधारणसभा एकै दिन

images
  • कोलिय देवदह सहकारीको ९ सेवा केन्द्रको बार्षिक साधारणसभा एकै दिन
    images
    images

    देवदह । कोलिय देवदह बचत तथा ऋण सहकारी संस्थाले सेवा केन्द्रय स्तरीय २० औं बार्षिक साधारण सभा गरेको छ । सहकारीले शनिबार ९ वटै सेवा केन्द्रमा एकैदिन साधारण सभा गरेको हो ।

    images
    images
    images

    साधारण सभामा बार्षिक प्रतिवेदन प्रस्तुत गर्दै कोषाध्यक्ष हरि भण्डारीले गत बर्षको तुलनामा यस आर्थिक बर्ष १ हजार ३ सय ७२ ले बृद्धि भएर १९ हजार ५ सय ४९ पुगेको जानकारी दिए ।

    images
    images
    images

    सहकारीको कुल शेयर पुजी १३ करोड ४५ लाख, शेयर सदस्यको बचत १ अर्व ६४ करोड २१ लाख, कुल सम्पत्ति तथा दायित्व १ अर्व ९० करोड १२ लाख र ऋण लगानी १ अर्व ४३ करोड ६२ लाख रहेको जनाएको छ ।

    images
    images
    images

    ९ वटै सेवा केन्द्र स्तरीय साधारण सभामा बोल्ने वक्ताहरुले सहकारीले शेयर सदस्यलाई नियमित रुपमा सीपमुलक तालिम प्रदान गर्नुपर्नेमा जोड दिएका थिए । उनीहरुले सहकारीले सर्वसाधारणमा बचत गर्नुपर्छ भन्ने भावनाको विकास गराउन सकेको दावी गरेका गरे । शेयर सदस्यका आर्थिक, सामाजिक र सांस्कृतिक आवश्यकता र आकांक्षा पुरा गर्न निरन्तर लाग्नु पर्नेमा जोड दिए । उनीहरुले शेयर सदस्यहरुलाई उत्पादनमा लाग्न आग्रह गरेका थिए ।

    सहकारीका अध्यक्ष ऋषिराम सापकोटाको अध्यक्षता खैरेनी सेवा केन्द्र, सचिव कृष्णराज पौडेलको अध्यक्षतामा ढेकावर सेवा केन्द्र, संचालक सदस्य लक्ष्मी सिंग्देलको अध्यक्षतामा रामपुर सेवा केन्द्र, संचालक सदस्य धनप्रसाद भूषालको अध्यक्षतामा शंकरपुर सेवा केन्द्र, संचालक सदस्य दुर्गादत्त कडेलको अध्यक्षतामा शितलनगर सेवा केन्द्र, संचालक सदस्य सम्झना दुवेको अध्यक्षतामा घोडाहा सेवा केन्द्र, संचालक सदस्य पिताम्वर खरालको अध्यक्षतामा सियारी सेवा केन्द्र, संचालक सदस्य खैराज शर्माको अध्यक्षतामा देउराली सेवा केन्द्र र संचालक सदस्य वावुरा अयार्नलको अध्यक्षतामा भलुही सेवा केन्द्रको बार्षिक साधारण सभा सम्पन्न भएको हो ।

     

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।