Logo

२०८३, आश्विन ९गते


images
images

पृथ्वी राजमार्ग

विजयपुर खोलाको पुलको ग्रिडर लन्चिङ कार्य सुरु, सडक दैनिक चार घण्टा बन्द हुने

विजयपुर खोलाको पुलको ग्रिडर लन्चिङ कार्य सुरु, सडक दैनिक चार घण्टा बन्द हुने

images
  • विजयपुर खोलाको पुलको ग्रिडर लन्चिङ कार्य सुरु, सडक दैनिक चार घण्टा बन्द हुने
    images
    images

    काठमाडौँ । पृथ्वी राजमार्ग आजदेखि मंसिर ११ गतेसम्म दैनिक चार घण्टा बन्द हुने भएको छ । पोखराको विजयपुर खोलामा निर्माणाधीन पुलको ‘ग्रिडर लन्चिङ’ कार्य सुरु हुने भएकाले वैकल्पिक सडक प्रयोग गर्न आग्रह गरिएको छ ।

    images
    images
    images

    मुग्लिन-पोखरा सडक योजना पश्चिम खण्डले बिहान ६ बजेदेखि ८ बजेसम्म र दिउँसो १२ बजेदेखि २ बजेसम्म सडक बन्द हुने जनाएको छ ।

    images
    images
    images

    सडक अयोजनाले दैनिक चार घण्टा सडक पूर्ण/आंशिक रूपमा बन्द रहने भएकाले पृथ्वी राजमार्ग हुँदै पोखरा भित्रिने र बाहिरिने सवारी साधनले वैकल्पिक मार्ग प्रयोग गर्न सूचना प्रकाशित गरेर आग्रह गरिएको छ । त्यस्तै अवस्था हेरेर प्रत्येक ३० मिनेटमा लाइन लागेका ट्राफिकलाई क्लियर गर्न सकिने पनि जानकारी दिइएको छ ।

    images
    images
    images

    दुई पांग्रे तथा साना सवारी साधनका लागि बुढीबजारबाट बेलचौतारा हुँदै चाउथे आउने र जाने दुईतर्फी वैकल्पिक व्यवस्था गरिएको र ठूला सवारीका लागि लेखनाको पावरहाउसचोकदेखि बागमारा हुँदै बिरौट आउने/जाने दुईतर्फी रुट प्रयोग गर्न आग्रह गरिएको छ ।

    मुग्लिन-पोखरा सडकलाई दुई खण्डमा विभाजन गरी योजनाको काम भइरहेको हो । 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # पृथ्वी राजमार्ग
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।