Logo

२०८३, कार्तिक २५गते


images
images

राष्ट्रिय समाचार

आज राति पृथ्वी राजमार्गमा सम्पुर्ण सवारी आवागमन बन्द

आज राति पृथ्वी राजमार्गमा सम्पुर्ण सवारी आवागमन बन्द

images
  • आज राति पृथ्वी राजमार्गमा सम्पुर्ण सवारी आवागमन बन्द
    images

    धादिङ । आज राति पृथ्वी राजमार्गमा सवारी आवागमन बन्द गरिने भएको छ।

    images
    images
    images

    धादिङ प्रमुख प्रशासन कार्यालयले सूचना जारी गर्दै आज बेलुकी ८ बजेदेखि भोलि बिहान ५ बजेसम्म पृथ्वी राजमार्ग भएर चल्ने सम्पूर्ण सवारीसाधनको आवागमनमा पूर्ण रोक लगाइएको हो ।

    images
    images
    images

    सूचनामा भनिएको छ- 'हाल मौसममा आएको परिवर्तनका कारण धादिङ जिल्ला र आसपासका क्षेत्रमा हाल निरन्तर वर्षा भईरहेको र आगामी केही दिनसम्म भारी देखि अति भारी वर्षा हुन सक्ने सम्भावना रहेको भनी नेपाल मौसम विज्ञान विभागद्वारा समेत सूचना जारी भएको तथा यसबाट बाढी, पहिरो, डुबान लगायतका विपद्जन्य जोखिम उत्पन्न हुन सक्ने अवस्थालाई मध्यनजर गर्दै यात्रु तथा सवारीसाधनको सुरक्षा सुनिश्चित गर्न मिति २०८३/०६/०८ गते बेलुका ८:०० बजेदेखि मिति २०८३/०६/०९ गते बिहान ५:०० बजेसम्म पृथ्वी राजमार्ग भएर चल्ने सम्पुर्ण सवारी साधनको आवागमनमा पूर्ण रूपमा रोक लगाईएको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।' 

    images
    images

    प्रशासनले यात्रु तथा चालकलाई मौसम र सडकको अवस्था बुझेर मात्र यात्रा गर्न, जोखिमयुक्त स्थानमा नजान र सम्बन्धित निकायले जारी गर्ने सुरक्षा निर्देशनको पूर्ण पालना गर्न समेत अनुरोध  गरेको छ ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।