Logo

२०८३, आश्विन ९गते


images
images

पृथ्वी राजमार्गको शीतल बजार खण्डमा दुईतर्फी यातायात सञ्चालन

पृथ्वी राजमार्गको शीतल बजार खण्डमा दुईतर्फी यातायात सञ्चालन

images
  • पृथ्वी राजमार्गको शीतल बजार खण्डमा दुईतर्फी यातायात सञ्चालन
    images
    images

    धादिङ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको शीतल बजार क्षेत्र दुईतर्फी यातायात सञ्चालनका लागि योग्य भएको छ ।

    images
    images
    images

    त्रिशूली नदीमा गत भदौ १४ गते आएको बाढीका कारण नदी कटानबाट शीतल बजार क्षेत्रमा सडक क्षतिग्रस्त भएपछि उक्त सडकखण्डमा एकतर्फी यातायात सञ्चालन हुँदै आएको थियो।

    images
    images
    images

    सडकलाई पुनः दुईतर्फी सञ्चालनमा ल्याउने उद्देश्यले सडकको भित्तातर्फ रहेको करिब ५५ मिटर कडा चट्टान हटाइएको छ । नेपाली सेनाको प्राविधिक सहयोगमा ड्रिलिङ तथा विस्फोटक पदार्थ प्रयोग गरी भदौ २६ गतेदेखि असोज ७ गतेसम्म २१ पटक चट्टान विस्फोट गरी हटाउने काम सम्पन्न गरिएको नागढुंगा मुग्लिङ सडक योजनाले जनाएको छ ।

    images
    images
    images

    हाल उक्त सडकखण्ड सहज, सुरक्षित तथा दुईतर्फी यातायात सञ्चालनका लागि योग्य भएको जनाइएको छ । चट्टान हटाउने क्रममाउच्च जोखिमका बीच नेपाली सेना तथा प्राविधिक टोली  १३ दिनसम्म खटेको थियो ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # पृथ्वी राजमार्ग
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।