देवदह । देवदह बुद्ध पब्लिक आवासीय माध्यमिक विद्यालयमा वक्तित्वकला प्रतियोगिता सम्पन्न भएको छ । विद्यालयको वार्षिक क्यालेण्डर अनुसार कक्षा ६ र ७ मा “युवाहरु देशका भविष्य हुन्” शीर्षकमा र कक्षा ८ र ९ तर्फ “जेन्जी आन्दोलन र अबका चुनौतीहरु” विषयमा प्रतियोगिता सम्पन्न भएको हो ।
प्रतियोगितामा कक्षा ६ र ७ तर्फ कक्षा ७ की परिशा शाही प्रथम कक्षा ६ का सुवानी अधिकारी र प्रिन्सा पन्थी द्धितीय भएका छन् । कक्षा ७ गामाका प्रान्जक वेलवासे तृतीय भएको विद्यालयले जनाएको छ । त्यस्तैगरी कक्षा ८ र ९ तर्फ शोफिया न्यौपाने प्रथम, सम्राट भण्डारी द्वितीय, स्पर्श भण्डारी तृतीय र सुप्रिया बिश्वकर्मा सान्त्वना भएका छन् ।
कार्यक्रममा विद्यालयका प्रिन्सिपल कृष्ण प्रसाद गैरेले वक्तृत्वकलाले विद्यार्थीहरुमा आफूले बुझेका सुनेका र भोगेका विषयहरुलाई सिलसिलाबद्ध रुपमा बोल्ने कलाको विकास गर्ने बताए ।
सहायक प्रिन्सिपल वेद सूर्यवंशी, सहायक प्रिन्सिपल रोशी गुरुङ्ग, प्लस टू इन्चार्ज अनन्तराम भण्डारी, मा.वि इन्चार्ज मुक्ति विश्वकर्मा, बलराम ज्ञवाली, प्रेम बहादुर खड्का, राजन श्रेष्ठ, सिवेन शाह, रोशन चापागाई लगायतको उपस्थिति रहेको थियो ।
कक्षा ११ र १२ तर्फको टेबलटेनिस छनोट प्रतियोगिताबाट छनोट विद्यार्थीहरु बिच आइतबार फाइनल प्रतियोगिता हुने अतिरिक्त क्रियाकलाप प्रमुख ढुण्डिराज मरासिनीले जानकारी दिए ।
प्रतियोगिताको सञ्चालन कक्षा ९ अल्फाकी अनुष्का भण्डारीले गरेकी थिइन् ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology