Logo

२०८३, श्रावण २७गते


images
images

फेरियाे गाउँकाे पाहुर : घ्यु-कुराउनी होइन, बेसार र गुर्जो मगाउँछन् - शहरमा बस्नेहरू 

फेरियाे गाउँकाे पाहुर : घ्यु-कुराउनी होइन, बेसार र गुर्जो मगाउँछन् - शहरमा बस्नेहरू 

images
  • सेतोमसी सहकर्मी
  • फेरियाे गाउँकाे पाहुर : घ्यु-कुराउनी होइन, बेसार र गुर्जो मगाउँछन् - शहरमा बस्नेहरू 
    images
    images

    कृष्ण अन्जान, गुल्मी । काेभिड-१९ काे प्रभावले यतिबेला गाउँ शहर जताततै त्रास छ । नयाँ नयाँ भेरियन्टमा फर्कि-फर्कि आउने काेभिडकाे सन्त्रास कहिलेसम्म कायमै रहने हो अनुमान लगाउन मुस्किल छ ।
        
         
    सडकमा सवारि साधन गुडिरहेका छन तर सबै सवारी साधन लगभग रित्ता छन ।
         
         
    नेपालीका ठुला चाडपर्व हरु आए, गए । तर गाउँ रित्ता रहे गाउँ घरमा खासै चहलपहल देखिएन । शहरका अाफन्तले  माेबाइल फाेनबाट  गाउँ नफर्कने सन्देशहरु अाए र गाउँबाट पनि अाफन्तहरुले आउने वर्ष चाडवाड मनाउने शन्देश शहरमा पठाए ।
        
       
    काेभिड १९ काे संक्रमणले गाउँ घर देखि शहर बजार सम्मको परिवेश फेरिएको छ । कोभिडको आगमनसंगै फेरिएको छ, गाउँबाट शहर पठाउने पाहुर पनि ।
     
         
    यसअघि राेटा पकाएर गाउँघरमा बनाएकाे घिउ, रातभरि कुराउनि घाेटेर पठाउने चलन थियाे । तर काेभिड १९ काे सँक्रमण पछि गाउँबाट पाथिका-पाथि बेसार, गुर्जाका लहरा, तुल्सीका पात, पारिजातका फुलहरु  काेशेलीकाे रुपमा शहर पठाउँछन, गाउँका आफन्तहरुले शहरमा वस्नेहरुलाइ ।
        
        
    शहरमा बस्ने छाेराछाेरीहरुले अरु पठाउन पर्दैन अरु सबै यतै छ बेसार र गुर्जाे पठाइ दिए हुन्छ भनेपछि गाउँकाे सुद्द वेसार र गुर्जाे पठाएको रुरुक्षेत्र १ का गाेपाल ज्ञवालीको भनाइ छ ।
         
        
    गाउँमा सजिलै पाइने गुर्जाे शहरमा नपाइने र शहरमा पाइने बेसार शुद्द नहुने हुँदा गाउँकाे शुद्द बेसार र जडिबुटी गुर्जाे गाउँघरबाट मगाउने गरेकाे बुटवल वसाेवास गर्ने डाेलराज पौडेलले बताउँछन ।
       
          
    गाउँ आउँदा धेरै थाेरै बेसार गुर्जाे लाने गरेका छौँ । वास्तवमै यी जडिबुटीकाे प्रयाेग शहरमा बढेकाे छ । ज्वानाे त शहरमै पाइन्छ तर शुद्द बेसार र गुर्जाे भने गाउँबाटै ल्याएर प्रयाेग गरेका छौँ । रिडीबजारकी  धना रानाकाे पनि उहीँ भनाइ छ ।
         
         
    अाज भाेलि  गाउँ हुन या शहर हरेक घरमा एक दुई पटक ज्वानाे बेसार र गुर्जाे राखेकाे सुप पाक्ने गर्छ ।के बालक,  के बृद्द, के युवा सबैलाइ याे सुप खाने बानि परिसकेकाे छ ।

    images
    images
    images


    चिसाे मौसम बढेसँगै रुघाखोकी निमाेनियासँगै काेभिडकाे सँक्रमण पनि त्यस्तै छ । याे अवस्थामा ज्वानाे बेसार, गुर्जाे पारिजातका फुल, तुल्सी पत्ता र मरटि मिसाइएकाे नेपाली आयुर्वेदिक सुपकाे माग झनै बढेकाे छ ।
        
        
    त्यसैले पनि शहरमा बस्ने छाेरा बुहारी हुन या घर गएका छाेरी चेलि सबैले आफ्ना बा आमा हुन या माइतिसँग पाहुरका  रुपमा यिनै जडिबुटिकाे अाशा गरेका हुन्छन ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।