Logo

२०८३, कार्तिक २५गते


images
images

आगलागी

मध्यरातमा देवदहमा आगलागी, देवदह नगरपालिकाको न दमकल पुग्यो न जेसीवी

मध्यरातमा देवदहमा आगलागी, देवदह नगरपालिकाको न दमकल पुग्यो न जेसीवी

images
  • मध्यरातमा देवदहमा आगलागी, देवदह नगरपालिकाको न दमकल पुग्यो न जेसीवी
    images

    देवदह । देवदहमा गएराती आगलागी भएको छ । देवदह-५ पुतलीबजारस्थित लिलाधर बस्यालको घरछेउको टौवाबाट सुरुभएको आगलागी गोठमा पस्दा  एउटा भैसी जलेको छ । 

    images
    images
    images

    आगलागीमा १० ट्रली बराबरका दुई वटा टौवासहित गोठ जलेको बस्यालले बताए । आगोले भैसी जलेपछि उद्धार गर्न गएका बस्याल स्वयंपनि जलेका छन् । उनले आफु राति नै लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार गरी भर्खरै फर्केको बताए । 

    images
    images
    images

    आगलागीको कारण यकिन नभएपनि भैसीलाइ कुडो पकाउने चुलोको आगोबाट घटना भएको हुन सक्ने देवदह प्रहरीले जनाएको छ । 

    images
    images

    राति ४ बजेसम्म दमकल र र जेसीवीको सहयोगमा आगो नियन्त्रण गरिएको बस्यालले जानकारी दिए ।

    आगलागीमा पराल, काठ, गोठ र भैसी जलनसमेत गर्दा दुई लाख जतिको क्षति भएको बस्यालले बताएका छन् । 

    देवदह नगरपालिकाको न दमकल पुग्यो न जेसीवी, बुटवलबाट आयो दमकल 

    देवदह नगरपालिकासंग आफ्नै दमकल छ । चौविसै घण्टा सेवा दिने भनेर आवश्यक कर्मचारी र तिनको भरणपोषणको पनि व्यवस्था छ । तर अफ्ठेरो पर्दा देवदहबासीको करबाट किनिएको दमकल काम लागेन । आफुहरुले तुरुन्तै कल गरेको तर दमकल बिग्रेको सूचना पाएको लिलाधरका दाजु दुर्गा बस्यालले बताए । 'हाम्रो करले किनिएको दमकल हामीलाई काम लागेन । अन्तिममा बुटवलबाट दमकल आयो र आगो नियन्त्रण गर्यो' उनले भने ।

    देवदह नगरपालिकाको दमकलको पाइपमा समस्या आएको भनिएको र जेसीवीको चक्का निकालेर राखिएको भनिएपछि बुटवलबाट दमकल र अन्यन्त्रबाट जेसीवी ल्याएर परालको टौवा भत्काएर आगो निभाएको स्थानीयले  बताए । 

    दमकलको अवस्थाबारे बुझ्दा देवदह नगरका प्रमुख प्रशासकीय अधिकृत मधुकृष्ण पौड्यालले सुरुमा दमकलमा केही समस्या नरहेको बताए । पछि उनले आफु बुधवार कार्यालय नगएकोले जानकारी नभएको र कर्मचारीहरुसंग बुझ्दा दमकलमा समस्या रहेको बुझिएको बताए । त्यसैगरी जेसीवीको चक्का निकालिएकोबारे पनि उनी बेखबर छन् । 'मलाई त जानकारी थिएन, तपाइले भनेपछि थाहा भयो' सेतोमसीसंग उनले भने ।

    बुधवार मध्यरातको एउटा आगलागीको घटनाले देवदह नगरपालिकाको आपतकालीन संयन्त्र भुत्ते भएको पुष्टि गरेको छ । बिग्रिएको दमकल नबनाइनु, त्यसबारे नगर प्रशासनलाई जानकारी नहुनु, जेसीवीको चक्का निकालेर राखिनु यो असामान्य लापरवाही हो । 

    मेसिन हो विग्रिन सक्छ, तर समयमै मर्मत नहुनु र त्यसबारे प्रशासन समेत सूचित नहुनुले नगरपालिकामाथि प्रश्न उब्ज्याएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # आगलागी
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।