देवदह। रुपन्देहीको देवदहमा टिप्पर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।
देवदह नगरपालिका–६ गिद्देभिर स्थित सडकमा लु २ ख ५९५० नम्बरको टिप्पर दुर्घटना हुँदा टिपर चालक नवलपरासी सुनवल नगरपालिका–१० हसनापुर बस्ने ५० वर्षीय राम बहादुर कुँवर घटनास्थलमै मृत्यु भएको हो ।
टिप्पर अनियन्त्रित भई सडकबाट करिब ५०० मिटर तल खसेको प्रहरीले जनाएको छ । सिमेन्ट कारखानाका लागी चुनढुंगा लोड गर्न पाल्पाको माथागढी तर्फ गैरहेको टिप्पर अनियन्त्रित भई खसेको थियो।
५०० मिटर तल रहेको चालकको शव 'पोस्टमार्टमका' लागि लुम्बिनी प्रादेशिक अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology