Logo

२०८३, श्रावण २७गते


images
images

भ्रष्टाचार कसुर

त्रिपुरासुन्दरीमा सडक निर्माणमा भ्रष्टाचार, निर्माण कम्पनी र ८ जनाविरुद्ध मुद्धा दायर

त्रिपुरासुन्दरीमा सडक निर्माणमा भ्रष्टाचार, निर्माण कम्पनी र ८ जनाविरुद्ध मुद्धा दायर

images
  • त्रिपुरासुन्दरीमा सडक निर्माणमा भ्रष्टाचार, निर्माण कम्पनी र ८ जनाविरुद्ध मुद्धा दायर
    images
    images

    काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत लाल प्रसाद पोखरेलसमेत ८ जना र दिव्या निर्माण सेवा प्रालिविरुद्ध सार्वजनिक सम्पत्ति हानिनोक्सानी पुर्‍याई भ्रष्टाचार गरेको कसुरमा आरोपपत्र दायर गरेको छ ।

    images
    images
    images

    अख्तियारले त्रिपुरासुन्दरी नगरपालिकाको वडा नम्बर ५ स्थित खदाङ देखि ल्हांसम्मको सडक स्तरोन्नतिका लागि गरिएको ठेक्कामै मिलोमतोमा दिव्या निर्माण सेवालाई दिएको र निर्माणपछिको भुक्तानीमा ५५ लाख ८९ हजार अनियमितता गरेको देखिएको अनुसन्धानबाट खुलेको जानकारी दिएको छ ।

    images
    images
    images

    अख्तियारले त्रिपुरासुन्दरी नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत लाल प्रसाद पोखरेल, तत्कालीन इन्जिनियर कर्ण बहादुर कार्की, प्रशासकीय अधिकृत हिरा चन्द्र धराला, शिक्षा अधिकृत भिम बहादुर थापा, बरिष्ठ लेखा सहायक रुपचन्द्र बुढा र एमआइएस अपरेटर हरिचन्द्र बिष्ट, त्रिपुरासुन्दरी नगरपालिका वडा- ५ स्थित खदाङ देखि ल्हाँसम्मको मोटरबाटो स्तरोन्नतीको खरिद प्रक्रिया मूल्यांकनमा संलग्न बोलपत्र मुल्यांकन समितिका सदस्य एनसीसीएसपी प्रोजेक्टका इन्जिनियर शिशिर कुमार गुरुङ र दिव्या निर्माण सेवा दुनै, डोल्पा र उक्त निर्माण सेवाका भीमराज न्यौपानेलगायतलाई सो रकम बराबरकै बिगो कायम गरि कानुन अनुसारको सजाय माग गर्दै विशेष अदालत काठमाडौँमा मुद्धा दायर गरेको छ ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।