Logo

२०८३, श्रावण २७गते


images
images

अख्तियार दुरुपयोग

सामाजिक सुरक्षा भत्तामा भ्रष्टाचार गरेका वडा अध्यक्षसहित ८ जनाविरुद्ध मुद्धा दायर

सामाजिक सुरक्षा भत्तामा भ्रष्टाचार गरेका वडा अध्यक्षसहित ८ जनाविरुद्ध मुद्धा दायर

images
  • सामाजिक सुरक्षा भत्तामा भ्रष्टाचार गरेका वडा अध्यक्षसहित ८ जनाविरुद्ध मुद्धा दायर
    images
    images

    काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कैलालीको जानकी गाउँपालिका-९ का वडा अध्यक्ष खकेन्द्र भण्डारीसमेतका ८ जनाविरुद्ध सामाजिक सुरक्षा भत्तामा भ्रष्टाचार गरेको आरोपमा मुद्धा दायर गरेको छ ।

    images
    images
    images

    अख्तियारले कैलालीको जानकी गाउँपालिका-९ का वडा अध्यक्ष खकेन्द्र भण्डारीसमेतका ८ जना प्रतिवादीहरुले सोही वडामा नै मृत्युदर्ता पंजिकरण भएको, एकै नागरिकताबाट दोहोरो सामाजिक सुरक्षा भत्ताको लाभग्राही अभिलेखसमेत बनाई जम्मा ६८३ जना लाभग्राहीको प्रतिवादीहरु आफैले औठाछाप लगाई प्रमाणितसमेत गरेको र नविकरण नै नभएको लाभग्राहीको रकम निकासा गरी गराई प्रतिवादीहरुले आफूसमेतलाई लाभ र सरकारलाई हानीनोक्सानी पुर्याएको भन्दै विशेष अदालतमा मुद्धा दायर गरेको जनाएको छ ।

    images
    images
    images

    उनीहरुले कुल ७३ लाख ३७ हजार ६२७ भ्रष्टाचार गरेको अख्तियारको आरोप छ । अख्तियारले वडा अध्यक्ष खकेन्द्र भण्डारी र तत्कालीन वडा सचिव प्रेम बहादुर बुढालाई जनही ७३ लाख ३७ हजार ६२७ कै बिगो तोकेको छ ।

    images
    images
    images

    त्यस्तै वडाका कार्यालय सहयोगी सोनम कठरियालाई ९ लाख २० हजार ४००, वडाका तत्कालीन खरिदार पूर्ण बहादुर विष्टलाई २४ हजार बिगो र कानुन अनुसार सजाय माग गरको छ भने वडाका सदस्य कल्पना खड्का, सुनकोसा सार्की, विजय बहादुर रावल, शेर बहादुर विश्वकर्मालाई कैद तथा जरिवाना माग गरेको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।