Logo

२०८३, श्रावण २७गते


images
images

‘प्रोजेक्ट संकल्प २०२६’सहित रामेछापका कार्की नेपाल जेसीजको राष्ट्रिय अध्यक्षको दौडमा

‘प्रोजेक्ट संकल्प २०२६’सहित रामेछापका कार्की नेपाल जेसीजको राष्ट्रिय अध्यक्षको दौडमा

images
  • ‘प्रोजेक्ट संकल्प २०२६’सहित रामेछापका कार्की नेपाल जेसीजको राष्ट्रिय अध्यक्षको दौडमा
    images
    images

    रामेछाप । रामेछाप जेसीजले नेपाल जेसीजको राष्ट्रिय अध्यक्ष पदमा उम्मेदवारी दिने निर्णय गरेको छ । जेसीज वर्ष-२०२६ को राष्ट्रिय अध्यक्षमा रामेछापका जीवन कार्कीले उम्मेदवारी दिने प्रेस विज्ञप्ति मार्फत जनाइएको छ । 

    images
    images
    images

    रामेछाप जेसीजका अध्यक्ष यादव केसीद्वारा हस्ताक्षरित प्रेस विज्ञप्तिमा कार्कीको उम्मेदवारीलाई संस्थागत अनुभव, नेतृत्व क्षमता र सामाजिक रुपान्तरणप्रतिको प्रतिबद्धताका आधारमा समर्थन गरिएको उल्लेख छ । विज्ञप्तिमा भनिएको छ, “युवा नेतृत्व विकास र सामाजिक रुपान्तरणको क्षेत्रमा नेपाल जेसीजको भूमिका अग्रसरकारी रहँदै आएको छ । त्यही सन्दर्भमा २०२६ को नेतृत्वका लागि उम्मेदवार जीवन कार्कीको ‘प्रोजेक्ट संकल्प २०२६’ महत्त्वपूर्ण योजना बन्न सक्नेछ ।”

    images
    images
    images

    विज्ञप्ति अनुसार ‘प्रोजेक्ट संकल्प २०२६’ को मूल मन्त्र 'Aim – Act – Achieve' रहनेछ, जसले जेसी आन्दोलनका उद्देश्य, दृष्टि र संगठन निर्माणलाई अझ प्रभावकारी बनाउने लक्ष्य लिएको छ । जेसीआई रामेछापले कार्कीको नेतृत्वमा संगठनले नयाँ सोच र ऊर्जाको प्रवाह गर्ने जनाएको छ ।

    images
    images
    images

    शनिवार मात्र नेपाल जेसीजको पुर्व उपाध्यक्ष रहिसकेका देवदह जेसीजका संस्थापक अध्यक्ष विजय गुरुङलाई राष्ट्रिय अध्यक्षको उम्मेदवार बनाउने निर्णय देवदह जेसीजले गरेको थियो । यसअघि पनि दुई पटक राष्ट्रिय अध्यक्षको दौडमा देखिएका गुरुङ तयारीमा जुटिसकेका छन्  ।

    यसले जेसीजको राष्ट्रिय अध्यक्षमा उम्मेद्वारी दिनेहरुको संख्या विगतका वर्षमाभन्दा धेरै हुने र उच्च प्रतिष्पर्धा हुने आंकलन गर्न सकिन्छ ।  

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # जेसीज
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।