देवदह । देवदह जेसीजले नेपाल जेसीज वर्ष २०२६ को राष्ट्रिय अध्यक्षमा विजय गुरुङलाई उठाउने निर्णय गरेको छ । शनिवार देवदहमा सम्पन्न संस्थाको दोस्रो साधारण सभाले देवदह जेसीजका संस्थापक अध्यक्ष गुरुङलाई राष्ट्रिय अध्यक्षमा उठाउने निर्णय गरेको हो ।
देवदह जेसीज वर्ष २०२५ का अध्यक्ष दीपक अधिकारीले नेपाल जेसीजको वर्ष २०२६ को राष्ट्रिय अध्यक्षमा आफुहरूले दावी गर्ने र राष्ट्रिय उपाध्यक्ष रहिसकेका संस्थापक अध्यक्ष गुरुङलाई अघि सार्ने बताए । उनको प्रस्ताव हलले सर्वसम्मत पारित गरेको महासचिव कमला अर्यालले जानकारी दिइन् ।
साधारण सभाले कार्यकारी उपाध्यक्ष र कोषाध्यक्षले प्रस्तुत गरेका प्रतिवेदन पनि सर्वसम्मत रूपमा पारित गरेको जनाइएको छ ।
सो अवसरमा देवदह जेसीज ‘जेसीज अफ द मन्थ’ को अवार्ड समेत वितरण गरेको छ ।
सभामा अध्यक्ष दीपक अधिकारीको अध्यक्षता गरेका थिए भने कार्यक्रमको सञ्चालन महासचिव कमला अर्यालले गरेकी थिइन् । दीपक पौडेलको स्वागत मन्तव्य रहेको कार्यक्रममा सूरज बोहोराले आस्था पाठ गरेका थिए ।
सभामा संस्थाका पदाधिकारी, सदस्य तथा पूर्व अध्यक्षहरूको उपस्थिति थियो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology