Logo

२०८३, श्रावण २७गते


images
images

भूकम्प

अफगानिस्तानमा भूकम्पबाट आठ जनाको मृत्यु : १८० भन्दा बढी घाइते

अफगानिस्तानमा भूकम्पबाट आठ जनाको मृत्यु : १८० भन्दा बढी घाइते

images
  • अफगानिस्तानमा भूकम्पबाट आठ जनाको मृत्यु : १८० भन्दा बढी घाइते
    images
    images

    काठमाडौँ । उत्तरी अफगानिस्तानमा गएको भूकम्पमा कम्तिमा आठ जनाको मृत्यु भएको छ ।

    images
    images
    images

    स्थानीय अधिकारीहरूका अनुसार मृतकको संख्या बढ्ने अनुमान गरिएको छ । अधिकारीहरूले प्रभावित क्षेत्रहरूमा राहत र उद्धार कार्य भइरहेको जानकारी दिएका छन् । भूकम्पबाट लगभग १८० जना घाइते भएको बताइएको छ ।

    images
    images
    images

    गएराती अफगानिस्तानको मजार-ए-शरीफ क्षेत्रमा भूकम्प गएको थियो । यस क्षेत्रमा करिब पाँच लाख मानिसहरू बसोबास गर्छन् ।

    images
    images
    images

    अमेरिकी भूगर्भ सर्वेक्षणका अनुसार भूकम्प ६.३ म्याग्निच्युडको थियो र यसको गहिराइ २८ किलोमिटर थियो । तालिबान प्रवक्ता हाजी जैदले बाल्ख प्रान्तको शोलगारा जिल्लामा धेरै जना घाइते भएको बताएका छन् । उनका अनुसार, अग्ला भवनहरूबाट खसेर धेरैजसो मानिसहरू घाइते भएका छन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # अफगानिस्तान
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।