Logo

२०८३, श्रावण २७गते


images
images

मन्दिरमा भागदौड

भारतको आन्ध्र प्रदेशस्थित मन्दिरमा भागदौड, सात जनाको मृत्यु

भारतको आन्ध्र प्रदेशस्थित मन्दिरमा भागदौड, सात जनाको मृत्यु

images
  • भारतको आन्ध्र प्रदेशस्थित मन्दिरमा भागदौड, सात जनाको मृत्यु
    images
    images

    काठमाडौँ । भारतको आन्ध्र प्रदेशको श्रीकाकुलम जिल्लाको काशीबुग्गामा रहेको वेंकटेश्वर स्वामी मन्दिरमा शनिवार भएको भागदौडमा सात भक्तजनको मृत्यु भएको छ ।

    images
    images
    images

    भागदौडमा कैयौं घाइते भएका छन् । घाइतेहरूलाई नजिकैका अस्पतालहरूमा भर्ना गरिएको पिटीआईले उल्लेख गरेको छ । मृतकको संख्या बढ्न सक्ने बताइएको छ । एकादशीको अवसरमा भेला भएको ठूलो भीडका कारण भागदौड भएको अनुमान गरिएको छ।

    images
    images
    images

    रिपोर्टका अनुसार, शनिवार एकादशीको लागि वेंकटेश्वर स्वामी मन्दिरमा ठूलो भीड जम्मा भएको थियो। मन्दिर परिसरको प्रवेशद्वार नजिकै अचानक भीडको चाप बढेको र त्रास र भागदौड मच्चिएको बताइएको  छ। घटना लगत्तै स्थानीय प्रशासन र प्रहरी घटनास्थलमा पुगेर राहत तथा उद्धार कार्य सुरु गरेका थिए ।

    images
    images
    images

    आन्ध्र प्रदेशका मुख्यमन्त्री एन. चन्द्रबाबु नायडूले घटनाप्रति दुःख व्यक्त गरेका छन् । 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # भारत
  • # आन्ध्र प्रदेश
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।