Logo

२०८३, आश्विन १०गते


images
images

फोनिज गुल्मीको चौंथो अधिवेशन सप्पन्न, अध्यक्षमा छन्त्याल चयन

फोनिज गुल्मीको चौंथो अधिवेशन सप्पन्न, अध्यक्षमा छन्त्याल चयन

images
  • सेतोमसी सहकर्मी
  • फोनिज गुल्मीको चौंथो अधिवेशन सप्पन्न, अध्यक्षमा छन्त्याल चयन
    images
    images

    कृष्ण अन्जान, गुल्मी । आदिवासी जनजाति पत्रकार महासँघ (फाेनिज) गुल्मीकाे अध्यक्षमा पत्रकार लाेक प्रसाद छन्त्याल छानिएका छन । शनिवार तम्घासमा भएकाे चौथाे जिल्ला अधिवेशनले सर्वसम्मत रुपमा छन्त्याललाई अध्यक्ष चयन गरेको हाे ।

    images
    images
    images


    रेडियाे मदन पाेखराकाे सँवाददाताबाट पत्रकारिता शुरु गरेका छन्त्यालसंग लुम्बिनी प्रदेश भित्रका दर्जनौं रेडियाेहरुमा सँवाददाता भई काम गरेकाे अनुभव छ । सेताेमसीका मुसिकोट संवाददाता समेत रहेका छन्त्याल गुल्मीका पाका पत्रकारकाे रुपमा परिचित छन ।

    images
    images
    images


    उनीसँगै फाेनिज गुल्मीकाे कार्य समितिकाे उपाध्यक्ष, सचिव, र काेषाध्यमा क्रमश तेजेन्द्र श्रेष्ठ, गंगा कुवँर र अमृता गाहा छानिएका छन ।

    images
    images
    images


    यसै गरि सदस्यमा कमल थापा केहरसिंह राना, सदिच्छा रेश्मी,  पुरन रास्काेटि, खगेन्द्र काउछा, हरि कुमारी छन्त्याल, विष्णु सारु, गाेविन्द प्रेमी, मिसन सारु र सुन्दर कसजु छानिएका छन ।


    यस अघि अादिवासी जनजाति महासँघका केन्द्रिय अध्यक्ष गनबहादुर गुरुङले अधिवेशनकाे उद्घाटन गरेका थिए । अधिवेशनमा अाफ्नाे धारणा राख्दै गुरुङले अादिवासी जनजाति क्षेत्रका पत्रकारहरुकाे क्षमता अभिवृदि गर्नु पर्नेमा जाेड दिएका थिए ।


    अादिवासि जनजाति पत्रकार महासँघका  अध्यक्ष गणेश सारुकाे अध्यक्षतामा भएको कार्यक्रममा नेपाल पत्रकार महासँघ गुल्मीका अध्यक्ष टाेपलाल अर्याल, अादिवासि जनजाति महासँघका सँस्थापक सचिव प्रेम पुन, पत्रकार महासँघका पुर्व अध्यक्ष हरी कुमार श्रेष्ठले लगायतले अधिवेशनकाे सफलतकाे कामना सँगै नव निर्वाचित कार्य समितिलाई शुभकामना दिएका थिए  ।


    शनिवार नै निवर्तमान समितिका अध्यक्ष गणेश सारुले नव निर्वाचित अध्यक्ष लाेक प्रसाद छन्त्याललाई माईन्युटसँगै पद हस्तान्तरण गरेका छन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # गुल्मी
  • # फोनिज
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।