Logo

२०८३, आश्विन १०गते


images
images

लुम्बिनीमा फोनिजको ८औं महाधिवेशन हुँदै, ५१७ प्रतिनिधि सहभागि हुने

लुम्बिनीमा फोनिजको ८औं महाधिवेशन हुँदै, ५१७ प्रतिनिधि सहभागि हुने

images
  • लुम्बिनीमा फोनिजको ८औं महाधिवेशन हुँदै, ५१७ प्रतिनिधि सहभागि हुने
    images
    images

    बुटवल । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) को ८औं संघीय महाधिवेशन चैत २९ र ३० गते लुम्बिनीस्थित बौद्ध विश्व विद्यालयमा हुने भएको छ । फोनिजले सोमबार बुटवलमा पत्रकार भेटघाट गर्दै धार्मिक, सांस्कृतिक र पर्यटकीय दृष्टिकोणले विशेष मानिएको गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा महाधिवेशन आयोजना हुन लागेको जनाएको हो ।

    images
    images
    images

    पत्रकारसंग कुरा गर्दै फोनिजका संघीय उपाध्यक्ष सरु रानाले महाधिवेशनको तयारी पूरा भएको जानकारी दिइन् । "गौतम बुद्धको जन्मस्थलमा आठौँ महाधिवेशनको तयारी पूरा भएको छ ।" उनले भनिन्, "मोफसलका सम्पूर्ण पत्रकार सम्बद्ध संघसंस्था र  संचार माध्ययमहरुको सहयोगमा महाधिवेशन सफलतापुर्वक सम्पन्न हुने विश्वास फोनिजले लिएको छ।"   

    images
    images
    images

    त्यसैगरी संस्थाका महासचिव समीर बलामीले देशका ६६ वटा जिल्ला र आठ वटा विशेष क्षेत्रबाट महाधिवेशनमा प्रतिनिधि सहभागी हुने बताए । उनले भने, "महाधिवेशनमा देशका ६६ जिल्ला समितिहरू, सातवटा प्रदेश समितिहरू, एशोसिएट समिति, प्रतिष्ठान तथा प्रवास शाखा र जातीय संस्थाहरूबाट प्रतिनिधित्व हुनेछ। फोनिजमा आवद्ध ८ जातीय पत्रकार संघहरूमार्फत समेत प्रतिनिधि चयन गरिएको छ। ती संस्थाहरूमा नेवा पत्रकार राष्ट्रिय दबु, तमु गुरुङ सञ्चारकर्मी संघ, नेपाल तामाङ पत्रकार संघ, नेपाल मगर पत्रकार संघ, लिम्बु पत्रकार संघ, किराँत राई पत्रकार संघ, थारु पत्रकार संघ र शेर्पा सञ्चार समूह रहेका छन्।"

    images
    images
    images

    ५ हजार सदस्यहरू रहेको फोनिजका शाखा समिति र जातीय संस्थाहरूबाट कूल ५०२ जना प्रतिनिधिहरू चयन भएका छन् भने मनोनितसहित ५१७ जनाको उपस्थिति रहनेछ।

    संघीय अध्यक्ष गजुरधन राई संयोजक रहने गरी ५७ सदस्यीय महाधिवेशन आयोजक समिति गठन गरिएको छ। उक्त समितिमा संघीय समितिका सबै ५३ जना पदाधिकारीसहित लुम्बिनी प्रदेश र रुपन्देही जिल्लाका प्रतिनिधि समेत छन्। महाधिवेशनको तयारीका लागि संघीयस्तरमा ९ वटा उपसमिति तथा स्थानीयस्तरमा ५ उपसमिति गठन गरी व्यवस्थापनलाई अन्तिम चरणमा पुर्‍याइएको पत्रकार भेटघाटमा वितरित महासचिव समीर बलामीद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ।

    महाधिवेशनको सचिवालय कार्यालय बौद्ध विश्वविद्यालयको मुख्य गेटमै स्थापना गरिएको छ। उद्घाटन समारोहमा सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा नेपाल सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङ प्रमुख अतिथिका रूपमा रहनेछन्। त्यसैगरी, २९ गते साँझ सुरु हुने बन्द सत्रमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रमुख अतिथिका रूपमा सम्बोधन गर्ने कार्यक्रम तय भएको छ।

    महाधिवेशनमा फोनिजको सांगठनिक जीवनको समिक्षा गर्दै आगामी तीन वर्षको लागि रणनीति, कार्यक्रम र नीतिगत मार्गचित्र तय गरिने बताइएको छ। त्यसक्रममा अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, चार उपाध्यक्ष, एक महासचिव, ६ सचिव, एक कोषाध्यक्ष र एक सह-कोषाध्यक्षसहित ४७ जना नयाँ नेतृत्व चयन गरिनेछ।

    फोनिजले आदिवासी जनजातिको हक अधिकार, पहिचान र समावेशी पत्रकारिताको पैरवी गर्दै आएको छ। पछिल्ला वर्षहरूमा श्रमजीवी पत्रकारहरूको हित, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संरक्षण, मिडिया हाउसहरूमा समावेशीता लागू गराउने विषयमा समेत अभियान सञ्चालन गर्दै आएको उल्लेख गरिएको छ।

    महाधिवेशनका लागि अनुमानित खर्च करिब ४० लाख रुपैयाँ हुने र सहभागी प्रतिनिधि तथा अतिथिहरूको खानपान तथा आवास व्यवस्थापन मिलाइएको बताइएको छ। महाधिवेशन अघिल्ला दिन, अर्थात चैत २८ गते फोनिजको संघीय सचिवालय तथा पूर्ण बैठक पनि हुने जानकारी गराइएको छ।

    महाधिवेशनले नेपाली पत्रकारितामा समावेशीता, विविधता र प्रतिनिधित्वको अभ्यासलाई अझै सशक्त बनाउने विश्वास आयोजकहरूको छ। फोनिजको यस कदमलाई आदिवासी जनजातिका सञ्चारकर्मीहरूले आफ्ना आवाज बुलन्द गराउने अवसरका रूपमा लिएको जनाइएको छ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # फोनिज
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।