Logo

२०८३, श्रावण २७गते


images
images

लुम्बिनी प्रदेश

आगजनी र तोडफोडमा संलग्नलाई कानुनी कठघरामा उभ्याउन ढिलाइ गर्न हुँदैन:मुख्यमन्त्री आचार्य

आगजनी र तोडफोडमा संलग्नलाई कानुनी कठघरामा उभ्याउन ढिलाइ गर्न हुँदैन:मुख्यमन्त्री आचार्य

images
  • आगजनी र तोडफोडमा संलग्नलाई कानुनी कठघरामा उभ्याउन ढिलाइ गर्न हुँदैन:मुख्यमन्त्री आचार्य
    images
    images

    अर्घाखाँची । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले जेनजी आन्दोलनको नाममा भएको घुसपैठ, तोडफोड र आगजनीका घटनामा संलग्न व्यक्तिहरूलाई अविलम्ब कानुनी कठघरामा उभ्याउनुपर्ने बताएका छन् ।

    images
    images
    images

    नेकपा एमाले अर्घाखाँचीले सोमबार आयोजना गरेको बृहत् सद्भाव र्यालीपछि सन्धिखर्कमा सम्पन्न कोणसभालाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले प्रशासनले कारबाहीमा ढिलाइ गरेको भन्दै ध्यानाकर्षण गराएका हुन् ।

    images
    images
    images

    ‘धैर्यताको बाँध अझै टुटेको छैन । कानुनी शासनमा विश्वास राख्ने हाम्रो मान्यता हो । तर, तोडफोड र आगजनीमा संलग्नहरूलाई अविलम्ब कारबाही गरिएन भने धैर्यताको बाँध टुट्नेछ । धैर्यताको बाँध टुटे जनताले नै कारबाही थाल्नेछन् ।’ उनले भने ।

    images
    images
    images

    मुख्यमन्त्री आचार्यले संविधान, राष्ट्रिय स्वाभिमान र स्वाधीनताको पक्षमा लोकतान्त्रिक शक्तिहरू एक ठाउँमा उभिनुपर्ने आवश्यकता पनि औंल्याए । उनले भने, ‘संविधानको रक्षा र राष्ट्रिय एकताका लागि सबै लोकतान्त्रिक शक्तिहरू एकजुट हुन जरुरी छ ।’

    संवोधनका क्रममा एमाले केन्द्रीय सदस्य समेत रहनुभएका आचार्यले अर्घाखाँची अझै पनि एमालेको बलियो किल्ला रहेको र पार्टी संगठन अझ सुदृढ बन्दै गएको बताए ।

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।