Logo

२०८३, श्रावण २७गते


images
images

भूम्या पर्वले प्रकृति संरक्षण र सामाजिक सद्भावको सन्देश दिएको  छः मुख्यमन्त्री आचार्य

भूम्या पर्वले प्रकृति संरक्षण र सामाजिक सद्भावको सन्देश दिएको  छः मुख्यमन्त्री आचार्य

images
  • भूम्या पर्वले प्रकृति संरक्षण र सामाजिक सद्भावको सन्देश दिएको  छः मुख्यमन्त्री आचार्य
    images
    images

    दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले भूम्या पर्वले प्रकृति संरक्षण, सामाजिक सद्भाव र राष्ट्रिय एकतालाई सुदृढ बनाउने महत्वपूर्ण सन्देश दिएको बताएका छन् ।

    images
    images
    images


    भूम्या पर्व २०८३ का अवसरमा सोमवार शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री आचार्यले प्रकृति, भूमि, जलस्रोत तथा वातावरणप्रतिको सम्मान र कृतज्ञताको भाव व्यक्त गर्दै मनाइने यो पर्व मौलिक संस्कृति, परम्परा र सामुदायिक एकताको महत्वपूर्ण प्रतीक भएको उल्लेख गरेका हुन् ।

    images
    images
    images


    विशेषगरी रोल्पा, दाङ, प्यूठान तथा रुकुम पूर्वी भागलगायत क्षेत्रमा बसोबास गर्ने समुदायले पुस्तौंदेखि संरक्षण गर्दै आएको भूम्या पर्वले प्रकृतिसँगको मानव सम्बन्धलाई थप प्रगाढ बनाउने विश्वास व्यक्त गरे । मुख्यमन्त्री आचार्यले नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक तथा बहुधार्मिक विशेषताले सम्पन्न राष्ट्र भएको उल्लेख गर्दै यस्ता मौलिक पर्व र संस्कृतिहरूले सामाजिक सद्भाव, आपसी सम्मान तथा राष्ट्रिय एकतालाई मजबुत बनाउन महत्वपूर्ण योगदान पु¥याउँदै आएको बताए ।

    images
    images
    images


    उनले सांस्कृतिक विविधता नेपालको साझा सम्पत्ति र पहिचान भएको उल्लेख गर्दै यसको संरक्षण तथा प्रवद्र्धन गर्नु सबैको साझा दायित्व भएको धारणा राखे । उनले भूम्या पर्वले भूमि, कृषि तथा प्राकृतिक स्रोतको संरक्षण गर्दै दिगो विकासको मार्गमा अघि बढ्न प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गरेका छन् । 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।