Logo

२०८३, श्रावण २७गते


images
images

लुम्बिनी प्रदेश

सिमित स्रोत साधनको अधिकतम उपयोग गर्दै योजना कार्यान्वयनमा सरकार केन्द्रित छ : मुख्यमन्त्री आचार्य

सिमित स्रोत साधनको अधिकतम उपयोग गर्दै योजना कार्यान्वयनमा सरकार केन्द्रित छ : मुख्यमन्त्री आचार्य

images
  • सिमित स्रोत साधनको अधिकतम उपयोग गर्दै योजना कार्यान्वयनमा सरकार केन्द्रित छ : मुख्यमन्त्री आचार्य
    images
    images

    अर्घाखाँची । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सिमित स्रोत र साधनको अधिकतम उपयोग गर्दै योजना निर्माण र कार्यान्वयनलाई सरकारले प्राथमिकतामा राखेको बताएका छन् ।

    images
    images
    images

    नेकपा एमालेको सन्धिखर्क-५ वाङ्गलामा भएको छलफल तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै मुख्यमन्त्री आचार्यले स्रोत-साधनको सिमितताबीच पनि विकास योजनाहरूलाई प्रभावकारी रूपमा अघि बढाउन सरकार प्रतिबद्ध रहेको बताएका छन् ।

    images
    images
    images

     “साधन-स्रोतको कमीका कारण कतिपय योजना समयमा सम्पन्न हुन नसके पनि थालनी भएका योजनाहरू पूरा गर्ने लक्ष्यसहित सरकार अघि बढिरहेको छ,” उनले भने ।

    images
    images
    images

    मुख्यमन्त्री आचार्यले सडक पूर्वाधार, खानेपानी, शिक्षा, स्वास्थ्य र सामाजिक विकासका क्षेत्रमा सरकारले उच्च प्राथमिकता दिएको बताए । उनले कुँडुले खानेपानी आयोजना कार्यान्वयनको तयारी पूरा भएको र मिलमिले–बलेवाङ्ग सडकसँगै सन्धिखर्क–तम्घास सडकखण्डको बाँकी काम छिट्टै अघि बढ्ने जानकारी दिएका छन् ।

    “विकास निर्माणका काम अघि बढाउने विषयमा मैले गरेका प्रतिबद्धता र प्रतिज्ञाबाट म विचलित भएको छैन,” उनले भने, “विकासका कामलाई दृढताका साथ अघि बढाइरहेको छु र आगामी दिनमा पनि निरन्तर लागिरहनेछु ।”

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।