Logo

२०८३, श्रावण २७गते


images
images

भारतमा बेंगलुरु जाँदै गरेको यात्रु बसमा आगलागी, १० जनाको मृत्यु

भारतमा बेंगलुरु जाँदै गरेको यात्रु बसमा आगलागी, १० जनाको मृत्यु

images
  • भारतमा बेंगलुरु जाँदै गरेको यात्रु बसमा आगलागी, १० जनाको मृत्यु
    images
    images

    काठमाडौँ । भारतको हैदराबादबाट बेंगलुरु जाँदै गरेको यात्रुवाहक बसमा आगलागी हुँदा कम्तीमा १० जनाको मृत्यु भएको छ ।

    images
    images
    images

    दुर्घटना शुक्रबार बिहान कुर्नूल जिल्लाको चिन्ना टेकुरु गाउँ नजिकै भएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । आगलागीबाट बस पूर्ण रूपमा ध्वस्त भएको छ । दुर्घटनाको समयमा बसमा ४२ जना यात्रु सवार थिए । मृत्यु हुनेको संख्या बढ्ने आशंका गरिएको छ, किनकि केही घाइतेहरूको अवस्था गम्भीर रहेको बताइएको छ ।

    images
    images
    images

    जानकारी अनुसार मोटरसाइकल बससँग ठोक्किएर, त्यसको मुनि गएर तेलको ट्याङ्कीमा ठोक्किएर आगो लागेको देखिएको छ । 

    images
    images
    images

    प्रहरीका अनुसार सर्ट सर्किटका कारण बसको ढोका जाम भयो र केही मिनेटमै गाडी पूर्ण रूपमा आगोमा जल्यो । बाँचेका धेरैजसो यात्रुहरू २५ देखि ३५ वर्ष उमेरका रहेको बताइएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # आगलागी
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।