Logo

२०८३, श्रावण २७गते


images
images

कानुन

राजदूत फिर्ता गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा रिट

राजदूत फिर्ता गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा रिट

images
  • राजदूत फिर्ता गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा रिट
    images
    images

    काठमाडौं । अन्तरिम सरकारको राजदूत फिर्ता गर्ने निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट परेको छ ।

    images
    images
    images

    अधिवक्ताद्धय प्रतिभा उप्रेती र अनन्तराज लुईंटेलले राजदूत फिर्ता गर्ने सरकारको निर्णय बदरको माग गर्दै आज सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका हुन् । रिटमा अन्तरिम आदेशको माग गरिएको छ ।

    images
    images
    images

    कामचलाउ सरकारलाई दूरगामी महत्वको राष्ट्रिय विषयमा निर्णय गर्ने अधिकार नरहेको रिट निवेदकको दावी छ । रिटमा सुनुवाइका लागि कात्तिक ९ मा पेशी तोकिएको छ।

    images
    images
    images

    असोज ३० गते बसेको मन्त्रिपरिषद बैठकले निर्वतमान प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले नियुक्त गरेका ११ देशका राजदूत फिर्ता गर्ने निर्णय गरेको थियो । सरकारले चीन, जर्मनी, इजरायल, कतार, रुस, साउदी अरब, स्पेन, बेलायत, अमेरिका र जापानका राजदूतलाई फिर्ता बोलाउदै कात्तिक २० गतेभित्र फर्किसक्न निर्देशन दिएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # राजदूत
  • # सर्वोच्च
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।