Logo

२०८३, आश्विन २२गते


images
images

समाचार

मन्त्री बादी र नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत बोल्डिनबीच भेटवार्ता

मन्त्री बादी र नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत बोल्डिनबीच भेटवार्ता

images
  • मन्त्री बादी र नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत बोल्डिनबीच भेटवार्ता
    images
    images

    काठमाडौं । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक तथा सामाजिक सुरक्षा मन्त्री सिता बादी र नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत मेघन बोल्डिनबीच भेटवार्ता भएको छ।

    images
    images
    images

    भेटमा रसुवालगायत बाढी प्रभावित क्षेत्रको पुनर्स्थापना तथा पुनर्निर्माण, मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण र सामाजिक विकासका क्षेत्रमा नेपाल-अमेरिका सहकार्य थप सुदृढ गर्ने विषयमा छलफल भएको थियो ।

    images
    images
    images

    कार्यवाहक राजदूत बोल्डिनले बाढीमा ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै प्रभावित समुदायको पुनर्स्थापनामा सहकार्य गर्ने प्रतिबद्धता जनाएकी थिइन् ।

    images
    images
    images

    मन्त्री बादीले बाढीबाट महिला, किशोरी तथा बालबालिकाको सुरक्षा र शिक्षामा थप चुनौती सिर्जना भएको भन्दै पुनर्स्थापना तथा पुनर्निर्माणमा अमेरिकी सहयोगको अपेक्षा व्यक्त गरेकी थिइन् ।

    भेटमा मानव बेचबिखन नियन्त्रण, पीडितको संरक्षण, अनुसन्धान तथा पुनर्स्थापनाका क्षेत्रमा समेत सहकार्य बढाउने विषयमा छलफल भएको थियो। अमेरिकी पक्षले मानव बेचबिखन नियन्त्रण तथा पीडित संरक्षणमा नेपालसँग मिलेर काम गर्ने प्रतिबद्धता जनाएको थियो ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # राजदूत
  • # मन्त्री बादी
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।