Logo

२०८३, कार्तिक १गते


images
images

सुधाकर दलेला नेपालका लागि भारतीय राजदूतमा नियुक्त

सुधाकर दलेला नेपालका लागि भारतीय राजदूतमा नियुक्त

images
  • सुधाकर दलेला नेपालका लागि भारतीय राजदूतमा नियुक्त
    images
    images

    काठमाडौं । भारत सरकारले नेपालका लागि नयाँ राजदूतमा सुधाकर दलेलालाई नियुक्त गरेको छ । भारतीय विदेश मन्त्रालयले दलेलालाई नेपालका लागि नयाँ राजदूतमा नियुक्त गरेको हो ।

    images
    images
    images

    भारतीय राजदूत नवीन श्रीवास्तवको कार्यकाल सकिएपछि नयाँ राजदूत नियुक्त गरिएको हो । राजदूत श्रीवास्तव आफ्नो कार्यकाल सकाएर फर्किसकेका छन् ।

    images
    images
    images

    भारतीय विदेश मन्त्रालयले शुक्रबार विज्ञप्ति जारी गरेर मन्त्रालयका सचिवसमेत रहेका दलेलालाई नेपालका लागि राजदूतमा नियुक्त गरेको उल्लेख गरेको छ। नवनियुक्त राजदूत देलाल छिट्टै आफ्नो कार्यभार सम्हाल्ने भारतीय विदेश मन्त्रालयले जनाएको छ ।

    images
    images
    images

    दलेला सन् १९९३ मा भारतीय विदेश सेवामा प्रवेश गरेका कूटनीतिज्ञ हुन् । उनले आफ्नो कूटनीतिक करियर इजरायलको तेल अभिभस्थित भारतीय नियोगबाट सुरु गरेका थिए । त्यसपछि उनले ब्रासिलिया, सिकागो, ढाका, जेनेभा, थिम्पु र वासिङ्टन डीसीस्थित भारतीय नियोगमा विभिन्न जिम्मेवारी सम्हालेका छन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # राजदूत
  • # सुधाकर दलेला
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।