Logo

२०८३, श्रावण २७गते


images
images

राजनीति

यो सरकारले निर्वाचन गराउन सक्दैन : विप्लव

यो सरकारले निर्वाचन गराउन सक्दैन : विप्लव

images
  • यो सरकारले निर्वाचन गराउन सक्दैन : विप्लव
    images
    images

    काठमाडौँ । नेकपाका महासचिव नेत्र विक्रम चन्द विप्लवले चुनाव गर्ने हो राजनीतिक दलहरुलाई सहभागी गराएर नयाँ सरकार बनाउनुपर्ने बताएका छन् ।

    images
    images
    images

    आइतवार पत्रकार सम्मेलन गरेर विप्लवले सरकारले जबर्जस्ति चुनाव गर्न खोजे देश सिरिया बन्ने खतरा रहेको भन्दै दलहरुलाई किनारा गरेर निर्वाचन सम्भव नभएको बताएका छन् । उनले हजारौं हतियार लुटिएको र कैदीहरु बाहिर रहेको अवस्थामा चुनाव हुन नसक्ने भन्दै पहिला त्यसलाई सम्बोधन गर्नुपर्ने बताए । नेपालमा अरुको इशारामा जबर्जस्ति निर्वाचन गर्ने प्रयास हुन लागेको भन्दै नयाँ सरकार बनाएर निर्वाचनमा जानुपर्ने धारणा राखेका छन् । 

    images
    images
    images

    उनले नेपालमा अमेरिका-तिब्बत-नेपाली सेना बनाएको आशंका जेनजी आन्दोलनमा काला टिसर्टधारी टिओबी समुहको उपस्थितिले देखिएको बताएका छन् । उनले नेपालमा कल्पना नै नगरिएको २ लाख-३ लाख तिब्बती शरणार्थी छन् भन्ने हल्ला गराएर टिओबीको टिसर्ट लगाएर हतियर देखाएर गरिएको प्रदर्शनले अनेक आशंका उब्जिएको बताए ।

    images
    images
    images

    साथै उनले जेनजी आन्दोलनपछि बृहत कम्युनिष्ट केन्द्रको आवश्यकता देखिएको भन्दै अहिले आफुहरुले माओवादी केन्द्र लगायतका दलहरुसँग यस विषयमा छलफल गरिरहेको बताए । विप्लवले अहिलेका कम्युनिष्ट पार्टीका नेतृत्वहरुले संरक्षकको भूमिकामा गएर कम्युनिष्ट केन्द्र बनाउनुपर्नेमा आफुहरुले जोड दिइरहेको बताए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # निर्वाचन
  • # विप्लव
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।