पाल्पा - पाल्पाको लघुवामा आइतबार बिहान बस दुर्घटना हुँदा मृतक सातमध्ये ७ जनाकाे सनाखत भएकाे छ । जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार मृत्यु हुनेमा बुटवल-१७ का २७ वर्षीय पशुपति रसाली, बुटवल-१७ कै ४० वर्षीय खुमबहादुर राना, बुटवल-११ का ३२ वर्षीय वजिय थापाक्षेत्री, अर्घाखाँची जिल्ला मालारानी-२ का २८ वर्षीय भाजेन्द्र विक, साेही स्थानकै २६ वर्षीय शङ्कर विक र मालारानी गाउँपालिका-२ का माेहन कुवर रहनुभएकाे छ । थप दुइ जनाकाे पहिचान हुन बाँकी रहेकाे जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक रामेश्वर त्वातीले जानकारी दिनुभयाे ।
घटना स्थलमा प्रहरी, स्थानीय बासिन्दा, सशत्र प्रहरी लगायतकाे टाेलीले उद्धार कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक रामेश्वर त्वातीले जानकारी दिनुभयाे । बुटवलकाे देवीनगरबाट शब लिएर रिडी गएकाे बस दुर्घटनमा परेका उहाँले जानकारी दिनुभयाे ।
घाइतेहरूमा बुटवल १७ का ३८ वर्षीय, विशाल रसाइली, अर्घाखाँची कुभिण्डेका ४३ वर्षीय लाल बहादुर विक, बुटवल १७ का ४५ वर्षीय घनबहादुर सुनार, सैनामैना ६, का ५० वर्षीय श्यामबहादुर विक, अर्घाखाँची मालारानी-२, का ३७ वर्षीय रमेश टाेमटा रहनुभएकाे छ । यस्तै अर्घाखाँची डाँडाकटेरी-१ का ५४ वर्षीय गाेपाल नेपाली, सैनामैना-६, रूपन्देहीका २९ वर्षीय मीरा रामधान घाइते हुनुभएकाे छ । यस्तै बुवटलका ४८ वर्षीय माधव बस्याल, मालारानी अर्घाखाँचीका २२ वर्षीय दिपक विक र तुल्सी विक रहनुभएकाे छ । घाइतेमध्ये १ जनाकाे अवस्था गम्भीर छ । घाइतेहरूमा ७ जनाकाे लुम्विनी मेडिकल कलेज प्रभासमा उपचार भइरहेकाे छ भने ६ जनाकाे मिसन अस्पतालमा उपचार भइरहेकाे छ । मृतककाे पहिचान खुल्न सकेकाे छैन ।
मृतककाे शब बसले च्यापिएकाले निकाल्न समय लागेकाे छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology