देवदह । देवदह प्रिमियर लिग (डिपिएल) सिजन -२ अन्तर्गत आज (शनिवार) दुई खेल हुँदैछन् । पहिलो खेलमा खैरेनी ग्लाडियटर्सले भवानीपुर रोयल्सको सामना गर्नेछ भने दोस्रो खेलमा टटेरा डाईनामाईट र ढेकावर योद्धा भिड्नेछन् ।
आजका खेल बिहान १० बजेदेखि देवदह क्रिकेट युनिटको ग्राउन्डमा संचालन हुने आयोजक संस्था डि-युनिटी युथ क्लबका अध्यक्ष सचिन कुमार श्रेष्ठले जनाएका छन् ।
असोज ३१ गतेसम्म संचालन हुने प्रतियोगितामा प्रथम हुने टिमले नगद १ लाख रुपैंयासहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । यस्तै उपविजेता टोलीले नगद ५० हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने खेल संयोजक गोपाल भण्डारीले जानकारी दिए ।
त्यसैगरी उत्कृष्ट ब्याट्सम्यान, उत्कृष्ट बलर, म्यान अफ द म्याच, म्यान अफ द सिरिज लगायतका विधामा पनी नगद सहित पुरस्कृत गरिने आयोजकले जनाएको छ ।
यसपटकको डिपिएलमा पहिलो संस्करणको विजेता पाकडी प्यान्थर्स, उपविजेता शीतलनगर सुपर स्टाईकर्स, ढेकावर योद्धा, खैरेनी ग्लाडियटर्स, टटेरा डाईनामाईट र भवानीपुर रोयल्सले फ्रेन्चाईजी प्राप्त गरेका छन् ।
शुक्रवार सम्पन्न दुई खेलमा पाकडी र शीतलनगर विजयी भएका थिए ।
प्रतियोगिताका सबै खेल सेतोमसी डटकमबाट प्रत्यक्ष प्रसारण हुनेछन् ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology