Logo

२०८३, आश्विन १८गते


images
images

देवदह प्रिमियर लिग

देवदह प्रिमियर लिग (डिपिएल) : शुक्रवारका खेलमा पाकडी र शीतलनगर विजयी

देवदह प्रिमियर लिग (डिपिएल) : शुक्रवारका खेलमा पाकडी र शीतलनगर विजयी

images
  • देवदह प्रिमियर लिग (डिपिएल) : शुक्रवारका खेलमा पाकडी र शीतलनगर विजयी
    images
    images

    देवदह । देवदह प्रिमियर लिग (डिपिएल) सिजन–२ अन्तर्गत शुक्रवार सम्पन्न दुई खेलमा पाकडी प्यान्थर्स र शीतलनगर सुपर स्टाईकर्स विजयी भएका छन् । शुक्रवारको पहिलो खेलमा टटेरा डाइनामाइट विरुद्ध पाकडीले २ विकेटको जीत हात पार्यो ।

    images
    images
    images

    टस हारेर पहिले ब्याटिङ गरेको टटेराले निर्धारित २० ओभरमा सबै विकेट गुमाएर ७६ रन जोड्यो । टटेराका लागि सुरज सारुले २७ र डेभिड थापाले २३ रन बनाउनु बाहेक अन्य ब्याट्समेनले दोहोरो अंक छुन सकेनन् ।

    images
    images
    images

    टटेरालाई ७६ रनमा समेट्न पाकडी प्यान्थर्सको तर्फबाट रोशन गौतमले ह्याट्रिक सहित ४ विकेट हात पारे । यस्तै विपर्सन केसीले २, निश्चल ज्ञवाली, प्रकाश भन्डरी र बैजनाथ यादवले समान १/१ विकेट हात पारे ।

    images
    images
    images

    ७७ रनको मध्यम लक्ष्यसहित मैदानमा उत्रिएको पाकडीले सुरज चौधरीको २७ र प्रकाश भण्डारीको १२ रनको योगदानमा सहज जित हात पार्यो । अन्तिम ओभरमा १ रन चाहिएको अवस्थामा पाकडीसंग २ विकेट हातमा थियो । तर अन्तिम ४ बल बाँकी रहेको अवस्थामा सन्दिप गैरेले १ रन लिँदै पाकडीलाई सहज रुपमा खेल जिताए ।

    टटेराका लागि एजाज अहमदले ३ तथा डेविड थापाले २ विकेटको योगदान गरेपनी त्यो जीतको लागि प्रयाप्त भएन । खेलमा म्यान अफ दि म्याच रोशन गौतम घोषित भए ।

    यसैबिच शुक्रवार सम्पन्न दोश्रो खेलमा शीतनलगरले जीत हात पारेको छ । भवानीपुरका विरुद्ध  सितलनगरले २० रनको जीत निकालेको हो । शीतलनगरले टस जितेर ब्याटिङ गर्दै २० ओभरमा ५ विकेटको क्षतिमा डिपिएल दोस्रो सिजनकै सबैभन्दा बढि ११८ रनको योगफल तयार पार्यो ।

    शीतलनगरका लागी सुरज खड्काले ३७ रनको योगदान गरे भने गोलु शाहले १३ बलमा १ छक्का र ४ चौकाको मदतमा ३० रन बनाए । यस्तै टिमको लागि दिवाकर पंगेनीले १६ रनको योगदान गरे । भवानीपुरका आशिष चौधरी, सन्दिप अर्याल, सुन्दर केवट र डि के यादवले समान १/१ विकेट लिए ।

    ११९ रनको लक्ष्य सहित मैदानमा उत्रिएको भवानीपुर ९८ रनमा अल आउट हुन पुग्यो । भवानीपुरका लागि आशिष चौधरीले २८ बलमा ३ छक्का र २ चौकाको सहयोगमा ४० रन बनाए । त्यसैगरी अर्जुन जिसीले १३ र डि के यादवले १० रन बनाउनु बाहेक अन्य ब्याट्समेनले दोहोरो रन छुन सकेनन् । शितलनगरका लागि बिनोद क्षेत्रीले ४, अशोक यादव, सागर लामिछाने, अनुप राई र महेश केसीले समान १÷१ विकेट लिए । खेलमा ब्यक्तिगत १५ रन जोड्दै ४ विकेट लिने  शीलनगरका कप्तान बिनोद क्षेत्री म्यान अफ दि म्याच घोषित भए ।

    प्रतियोगिता अन्तर्गत भोली सनिवार खैरेनी ग्लाडियटर्स र भवानीपुर रोयल्स तथा टटेरा विरुद्ध ढेकावर बिच खेल हुने आयोजक डि युनिटी युथ क्लवका अध्यक्ष सचिन कुमार श्रेष्ठले जानकारी दिए । प्रतियोगिताको पहिलो खेल डिसियु क्रिकेट मैदान शीतलनगरमा बिहान १० बजे हुने र दोस्रो खेल दिउसो १ बजे हुने खेल संयोजक गोपाल प्रसाद भण्डारीले जनाएका छन् ।   

    असोज ३१ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा प्रथम हुने टिमले नगद १ लाख रुपैंयासहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । यस्तै उपविजेता टोलीले नगद ५० हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने खेल संयोजक गोपाल भण्डारीले जानकारी दिए । 
    त्यसैगरी उत्कृष्ट ब्याट्सम्यान, उत्कृष्ट बलर, म्यान अफ द म्याच, म्यान अफ द सिरिज लगायतका विधामा पनी नगद सहित पुरस्कृत गरिने आयोजकले जनाएको छ । 

    यसपटकको डिपिएलमा पहिलो संस्करणको विजेता पाकडी प्यान्थर्स, उपविजेता शीतलनगर सुपर स्टाईकर्स, ढेकावर योद्धा, खैरेनी ग्लाडियटर्स, टटेरा डाईनामाईट र भवानीपुर रोयल्सले फ्रेन्चाईजी प्राप्त गरेका छन् ।

    प्रतियोगिताका सबै खेल सेतोमसी डटकमबाट प्रत्यक्ष प्रसारण हुनेछन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।