देवदह । देवदह प्रिमियर लिग (डिपिएल) को दोश्रो संस्करण आजबाट सुरु हुँदैछ । असोज १८ गते शनिवारबाट सुरु हुने भनिएको खेल बर्षाका का कारण स्थगित भएपछि आजबाट सुरु गर्न लागिएको हो ।
लिगको पहिलो खेल आज बिहान १०:०० बजे भवानीपुर रोयल्स र टटेरा डाइनामाइट बीच हुनेछ । यस्तै दोश्रो खेलमा पाकडी प्यान्थर्सले खैरेनी ग्याडियटर्सको सामना गर्ने आयोजक डी युनिटी युथ क्लबका अध्यक्ष सचिन कुमार श्रेष्ठले जानकारी दिए ।
लिगका सबै प्रतिष्पर्धाहरु टेनिस बलबाट गराईनेछ भने प्रत्येक खेल २० ओभरको हुनेछन् । खेल आईसीसीको नियम अनुसार खेलाइने भए पनि ‘इम्प्याक्ट प्लेयर’ नियम लागु हुने बताइएको छ । यसका अतिरिक्त एलबीडब्ल्युको नियम भने प्रतियोगितामा लागु नहुने आयोजकले जनाएको छ ।
खेलमैदानभित्र कुनै पनि प्रकारका नशालु पदार्थ वा प्रतिबन्धित वस्तु प्रयोग गर्न नपाइने, खेलाडीले अनिवार्य जर्सी र जुता लगाउनुपर्ने, अपशब्द प्रयोग गरेमा ५ रनको जरिवाना हुनेछ तथा ढिलाइ गर्दा सोही अनुसारको दण्ड लागु हुने उल्लेख गरिएको छ । खेलसम्बन्धी कुनै विवाद आए आयोजककै निर्णय अन्तिम हुने पनि नियममा प्रष्ट पारिएको छ ।
६ वटा फ्रेन्चाइजी विच प्रतिष्पर्धा हुने प्रतियोगिताको नयाँ खेल तालिका सार्वजनिक गरिएको छ ।
डिपिएलको मिडिया पार्टनर सेतोमसी डटकम रहेको छ । प्रतियोगिताका सबै खेल सेतोमसीबाट प्रत्यक्ष प्रसारण हुने जनाइएको छ ।
यस्तो छ, नयाँ टाई सीट :

Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology