Logo

२०८३, श्रावण २७गते


images
images

महिला क्रिकेट

तेस्रो खेलमा नेपाल मलेसियासँग १३ रनले पराजित

तेस्रो खेलमा नेपाल मलेसियासँग १३ रनले पराजित

images
  • तेस्रो खेलमा नेपाल मलेसियासँग १३ रनले पराजित
    images
    images

    काठमाडौँ । नेपाली राष्ट्रिय महिला क्रिकेट टिम मलेसियासँगको तेस्रो खेलमा हार बेहोरेको छ । आइतवार सम्पन्न सिरिजको तेस्रो खेलमा नेपाल मलेसियासँग १३ रनले पराजित भएको हो ।

    images
    images
    images

    मलेसियाले दिएको १२१ रनको लक्ष्य पछाएको नेपालले २० ओभरमा ८ विकेटले गुमाउँदै १०७ रन मात्र बनाएको थियो । नेपालको लागि रुबी पोदारले सर्वाधिक ३१ रन बनाइन् भने कप्तान इन्दू बर्मा २२ रन बनाएकी थिइन् ।  

    images
    images
    images

    यसअघि टस जितेर ब्याटिङ गरेको मलेसियाले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १२० रन बनाएको थियो । 

    images
    images
    images

    यसअघि भएको पहिलो खेलमा नेपाल मलेसियासँग ३ रनले पराजित भएको थियो भने दोस्रो खेलमा नेपालले मलेसियालाई ६ विकेटले पराजित गरेको थियो । यो खेलपछि ५ खेलको सिरिजमा मलेसिया २-१ को अगाडी भएको छ । अब सिरिजको चौथो खेल खेल ७ अक्टोबर र पाँचौं खेल ८ अक्टोबरमा हुने तालिका रहेको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।