Logo

२०८३, श्रावण २७गते


images
images

एशियन गेम्स

थाइल्याण्ड महिला क्रिकेटतर्फ एशियन गेम्समा छनौट

थाइल्याण्ड महिला क्रिकेटतर्फ एशियन गेम्समा छनौट

images
  • थाइल्याण्ड महिला क्रिकेटतर्फ एशियन गेम्समा छनौट
    images
    images

    काठमाडौँ । फाइनलमा पुगेसँगै थाइल्याण्ड महिला क्रिकेटतर्फ एशियन गेम्समा छनौट भएको छ । आज सेमिफाइनलमा चीनलाई ८४ रनले पराजित गरेर फाइनलमा पुगेसँगै जापानमा हुने एशियन गेम्समा थाइल्याण्ड छनौट भएको हो ।

    images
    images
    images

    थाइल्याण्डले दिएको १३८ रनको लक्ष्य पछाएको चीनले १९.५ ओभरमा अल आउट हुदै ५३ रन बनाएको थियो । यसअघि थाइल्याण्डले २० ओभरमा ३ विकेट गुमाउदै १३७ रन बनाएको थियो ।

    images
    images
    images

    अब दोस्रो सेमिफाइनलमा केहीबेरमा नेपाल र मलेसिया खेल्दैछन् । यस खेलको विजेता पनि एशियन गेम्समा छनौट हुने छ भने पराजित हुने देश तेस्रो स्थानका लागि चीनसँग खेल्ने छ ।

    images
    images
    images

    यस प्रतियोगिताबाट शिर्ष तीन देश एशियन गेम्समा छनौट हुने छन् । एशियन गेम्समा जापान आयोजकको रुपमा छनौट भएको छ भने आइसीसीका पूर्ण सदस्य भारत, बंगलादेश, पाकिस्तान र श्रीलंका सिधै छनौट भएका छन् । एशियन गेम्सको महिला क्रिकेट प्रतियोगितामा कुल ८ देशले भाग लिदैछन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।