Logo

२०८३, आश्विन १८गते


images
images

देवदह प्रिमियर लिग

वर्षाले डिपिएल सर्यो, असोज २१ देखि सुरु हुने

वर्षाले डिपिएल सर्यो, असोज २१ देखि सुरु हुने

images
  • वर्षाले डिपिएल सर्यो, असोज २१ देखि सुरु हुने
    images
    images

    देवदह । देवदहमा असोज १८ गते (आज) देखि हुने भनिएको देवदह प्रिमियर लिग (डिपिएल) क्रिकेट प्रतियोगिता वर्षाका कारण प्रभावित भएको छ  । वर्षाका कारण टुर्नामेन्टका पहिलो तीन दिनका खेल स्थगित गरिएको आयोजकले जनाएको छ  ।

    images
    images
    images

    असोज २१ (मंगलवार) देखि प्रतियोगिता सुरु हुने र १८ देखि २० गतेसम्मका खेलहरू यस अघिको टाईसीटमा प्रतियोगिता नभएका दिनमा खेलाइने खेल संयोजक गोपाल भण्डारीले जानकारी दिए ।

    images
    images
    images

    डी-युनिटी युथ क्लबको आयोजनामा हुने प्रतियोगितामा ६ टिमको सहभागिता रहेको छ ।

    images
    images
    images

    प्रतियोगितामा भाग लिने टिमहरूमा भवानीपुर रोयल्स, टाटेरा डाइनामिक, खैरनी ग्लाडियटर्स, शीतलनगर सुपर स्ट्राइकर, पाकडी प्यान्थर्स र ढेकावर योद्धा रहेका छन् । प्रतियोगिता असोज ३१ गतेसम्म सञ्चालन हुनेछ ।

    टाई सीट अनुसार पहिलो दिन असोज १८ गते बिहान १० बजे पाकडी प्यान्थर्स र शीतलनगर सुपर स्ट्राइकरबीच उद्घाटन खेल तालिका संसोधन भएको छ  । नयाँ तालिका अनुसार असोज २१ गते भवानीपुर रोयल्स र टटेरा डाइनामाइट्स बीच उद्धाटन खेल हुनेछ । 

    प्रतियोगितामा खेल टेनिस बलबाट खेलाइनेछ र प्रत्येक खेल २० ओभरको हुनेछ । खेल आईसीसीको नियम अनुसार खेलाइने भए पनि ‘इम्प्याक्ट प्लेयर’ नियम लागु हुने बताइएको छ । यसका अतिरिक्त एलबीडब्ल्युको नियम भने नहुने आयोजकले जनाएको छ ।

    खेलमैदानभित्र कुनै पनि प्रकारका नशालु पदार्थ वा प्रतिबन्धित वस्तु प्रयोग गर्न नपाइने, खेलाडीले अनिवार्य जर्सी र जुता लगाउनुपर्ने, अपशब्द प्रयोग गरेमा ५ रनको जरिवाना हुने, र ढिलाइ गर्दा सोही अनुसारको दण्ड लागु हुने उल्लेख गरिएको छ । खेलसम्बन्धी कुनै विवाद आए आयोजककै निर्णय अन्तिम हुने पनि नियममा प्रष्ट गरिएको छ ।

    डिपीएलको मिडिया पार्टनर सेतोमसी डटकम रहेको छ ।  प्रतियोगिताका सबै खेल सेतोमसीबाट प्रत्यक्ष प्रसारण हुने जनाइएको छ  ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।