Logo

२०८३, श्रावण ३०गते


images
images

एनआरएनए

एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप

एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप

images
  • एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप
    images
    images

    काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले राजेन्द्र कुमार (आरके) शर्माको नेतृत्वमा रहेको उच्चस्तरीय न्यायिक तथा मेलमिलाप समितिलाई पूर्णता दिइएको छ ।

    images
    images
    images

    गत मे ३–४ मा काठमाडौँमा भएको एकताको महाधिवेशनको हलबाटै बाहिर रहेकाहरूलाई समेत समेट्ने उद्देश्यले शर्माको नेतृत्वमा समिति बनाइएको थियो । उक्त समितिमा चार जना सदस्य थप गरिएको हो ।

    images
    images
    images

    समितिको सदस्यमा जानकी गुरुङ (बेल्जियम), सुनील साह (अमेरिका), नारायण आचार्य (द नेदरल्याण्ड्स) र शनि  ओली (कतार) रहेका छन् । शर्मा नेतृत्वको समितिले एकताको महाधिवेशनका बेला बाहिर रहेका एनआरएन अभियन्ताहरूलाई वार्ता र संवाद मार्फत एकीकृत गर्ने लक्ष्य लिएको छ ।

    images
    images
    images

    समितिका संयोजक शर्माले एनआरएनएको बृहत्  एकताको लागि छुटेका साथीहरूलाई पनि समेटेर संस्थालाई  थप बलियो बनाउन आवश्यक रहेको बताए । उनले भने, ‘अहिलेको परिस्थिति अनुसार बृहत् एकताको लागि साथीभाइहरूसँग बृहत् संवाद गर्छौँ।   अहिले साथीभाइहरूसँग कुरा गरेर के के गर्ने भन्ने पहिलो मिटिङ बसेपछि सार्वजनिक गर्छौँ ।’

    भर्खरै जेन जी आन्दोलनमा जनधनको ठूलो क्षति भएको अवस्थामा विदेशमा भएका सम्पूर्ण नेपालीहरूले कोभिडको बेला जस्तै सहयोग गर्नु पर्ने अवस्था रहेको पनि उनले उल्लेख गरे । उनले राष्ट्रिय पुनर्निर्माण लगायतका कुराहरूमा सहकार्य गर्नको लागि सबै समूह एक ठाउँमा आउनु पर्नेमा जोड  दिए । विगतका तीता कुराहरूलाई बिर्सिएर एनआरएनमा नयाँ सुरुआत गर्न पनि छलफल र वार्ताकै माध्यमबाट टुङ्गोमा पुग्नु पर्नेमा उनले जोड दिए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # एनआरएनए
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।