Logo

२०८३, श्रावण २७गते


images
images

डब्लुकेएफ कराते

मलेसिया जाने कराते टोलीको बिदाई

मलेसिया जाने कराते टोलीको बिदाई

images
  • मलेसिया जाने कराते टोलीको बिदाई
    images
    images

    काठमाडौँ । डब्लुकेएफ कराते वान सिरिज ‘ए’ मा सहभागी हुन नेपाली कराते टोली बुधबार मलेसियाको क्वालालम्पुर जाने भएको छ ।

    images
    images
    images

    मलेसिया कराते महासंघको आयोजनामा अक्टोबर ३ देखि ५ तारिखसम्म हुने प्रतियोगितामा ४ महिला खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्नेछन् । एरिका गुरुङले ६८ केजीमाथि, वर्षा बुढामगर ५० केजीमुनि, सबिना श्रेष्ठले ५५ केजीमुनि र सानुमाया थिङले एकल कातामा प्रतिस्पर्धा गर्नेछन् ।

    images
    images
    images

    नेपाली टोलीको प्रशिक्षकमा कुशल श्रेष्ठ छन्। तारा गुरुङले निर्णायकको भूमिका निर्वाह गर्नेछिन् । 

    images
    images
    images

    मलेसिया जाने टिमलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टंकलाल घिसिङ टोलीलाई सफलताको शुभकामना दिँदै बिदाइ गरेका छन् । उक्त कार्यक्रममा नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठको पनि उपस्थिति रहेको थियो ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # मलेसिया
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।