Logo

२०८३, श्रावण २७गते


images
images

खेल

एसियन कप फुटबल : अन्तिम चरणको छनेटमा नेपालले आज मलेसियासँग प्रतिस्पर्धा गर्दै

एसियन कप फुटबल : अन्तिम चरणको छनेटमा नेपालले आज मलेसियासँग प्रतिस्पर्धा गर्दै

images
  • एसियन कप फुटबल : अन्तिम चरणको छनेटमा नेपालले आज मलेसियासँग प्रतिस्पर्धा गर्दै
    images
    images

    काठमाडौं । नेपालले एएफसी एसियन कप अन्तर्गत अन्तिम चरणको छनोटमा मंगलवार मलेसियासँग प्रतिस्पर्धा गर्दै छ । २०२७ को एसियन कप छनौटका लागि नेपालले यो चरणमा मलेसियासहित भियतनाम र लाओससँग ‘होम एण्ड अवे’ आधारमा प्रतिस्पर्धा गर्ने कार्यतालिका रहेको छ ।

    images
    images
    images

    मलेसियासँगको खेलअघि नेपालले सिंगापुरविरुद्ध मैत्रीपूर्ण खेल खेलेको थियो । उक्त खेलमा नेपालले एतिहासिक रुपमा १–० को जित हात पार्यो । सोमवार भएको प्रि म्याच कन्फ्रेन्समा नेपालका मुख्य प्रशिक्षक म्याट रोसले मलेसियासँग बलियो आत्माविश्वास सहित मैदानमा उत्रिने बताए ।

    images
    images
    images

    समूह एफमा रहेको नेपाल र मलेसियाबीचको खेल इब्राहिम सुल्तान स्टेडियममा मंगलवार साँझ ७ : ४५ मा सुरु हुनेछ । एसियन कपमा पुग्ने लक्ष्यमा रहेको मलेसिया आफ्नो पहिलो खेलमै जितको लक्ष्यमा रहँदा नेपाल अर्को सनसनीपूर्ण खेलको प्रतिक्षामा छ ।
    प्रशिक्षक रोसले मलेसियासँग अङ्कका लागिनै प्रतिस्पर्धा गर्ने जनाउँदै नेपाल बलियो लक्ष्यमा प्रतिबद्ध रहेको बताए । 

    images
    images
    images

    फिफा वरियतामा नेपालभन्दा ४३ स्थान माथि रहेको मलेसियालाई अहिलेसम्म नेपालले पराजित गर्न सकेको छैन । वरियतामा मलेसिया १३२औँ स्थानमा रहँदा नेपाल १७५औँ स्थानमा रहेको छ ।

    नेपाल र मलेसियाबीच कुल ७ पटक प्रतिस्पर्धा भएकोमा नेपालले फिफा विश्वकप छनोटअन्तर्गत १६ मार्च १९८५ मा मलेसियासँग गोलरहित बराबरी खेलेको थियो । त्यसअघि पहिलो खेलका रुपमा १९८३ मा मडेका कपमा भिड्दा नेपालले ७ गोल खाएको थियो । १९८५ को बराबरी यता खेलेका पाँच खेलमा पनि नेपाल लगातार पराजित भएको छ । 

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।