Logo

२०८३, श्रावण २७गते


images
images

लुम्बिनी प्रदेश

मुख्यमन्त्री आचार्यद्वारा पश्चिम नवलपरासीका जेनजी आन्दोलन प्रभावित क्षेत्रको अनुगमन

मुख्यमन्त्री आचार्यद्वारा पश्चिम नवलपरासीका जेनजी आन्दोलन प्रभावित क्षेत्रको अनुगमन

images
  • मुख्यमन्त्री आचार्यद्वारा पश्चिम नवलपरासीका जेनजी आन्दोलन प्रभावित क्षेत्रको अनुगमन
    images
    images

    नवलपरासी । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले जेनजी आन्दोलनका कारण प्रभावित भएका पश्चिम नवलपरासी जिल्लाका सरकारी कार्यालय, व्यवसायिक भवन र निजी घरहरूको शुक्रबार अनुगमन गरेका छन् ।

    images
    images
    images

    भदौ २३ र २४ गतेको आन्दोलनमा तोडफोड, आगजनी र लुटपाटका घटनाले प्रभावित कार्यालयहरूको सेवा निरन्तरता दिने उद्देश्यले मुख्यमन्त्रीले अनुगमनलाई जारी राखेका हुन् । यसअघि उहाँले अर्घाखाँची, प्यूठान, दाङ, बाँके र रुपन्देहीका प्रभावित क्षेत्रहरूको समेत अनुगमन गरिसक्नुभएको थियो ।

    images
    images
    images

    अनुगमनपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै मुख्यमन्त्री आचार्यले जेनजी आन्दोलनको नाममा आपराधिक समूहहरूले लाभ उठाएको ठहर गर्दै तोडफोड, आगजनी र लुटपाटमा संलग्नलाई पहिचान गरी कानुनी कारबाही गर्न संघीय सरकारसँग आग्रह गरे ।

    images
    images
    images

    आन्दोलनका क्रममा पश्चिम नवलपरासीको सरावल गाउँपालिका, बर्दघाट नगरपालिका, वडा कार्यालय, जनप्रतिनिधिहरूको निवास, होटल तथा रेस्टुरेन्टमा समेत क्षति पुगेको थियो । प्रारम्भिक विवरणअनुसार लुम्बिनी प्रदेशभर १३२ सरकारी कार्यालय, ६७ निजी सम्पत्ति, ५२ राजनीतिक दलका पार्टी कार्यालय र १४ प्रहरी कार्यालयमा आगजनी तथा तोडफोड भएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।