काठमाडौं। नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी प्रवेश गराउने नाममा गाउँ गाउँमा सिला खोजेर हिँडेको आरोप लगाएका छन् । आज (शुक्रबार) पार्टी पार्टी एकीकरण कार्यक्रममा बोल्दै दाहालले यस्तो बताएका हुन् ।
उनले भने,‘अवसरवादीहरू गाउँ-गाउँमा सिला खोज्दै हिडेका छन्, पार्टी प्रवेशका नाममा । तर, सुनारको सय चोट लोहारको एकै चोट । आज हामीले एकीकरण प्रक्रियाबाट कम्युनिष्ट आन्दोलनलाई बलियो बनाएका छौं ।’
प्रचण्डले मुलुकमा चलिरहेको प्रतिक्रान्तिको षड्यन्त्रलाई परास्त गर्न कम्युनिष्ट शक्तिबीच एकता आवश्यक भएको बताएका छन् । माओवादी केन्द्र र नेकपा मसाल (सम्पर्क केन्द्र)बीच भएको एकतापछि आज राजधानीमा आजोजित एकता सभामा अध्यक्ष दाहालले प्रतिक्रियावादीले जनसङ्घर्षबाट प्राप्त उपलब्धिलाई उल्ट्याउने प्रयास गरिरहेको आरोप लगाए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology