काठमाडौं । नेकपा (माओवादी केन्द्र) र नेकपा (मसाल)बाट विद्रोह गरेर बनेको सम्पर्क केन्द्रबीच एकता हुने भएको छ। आज
एक समारोहबीच दुबै पार्टीबीच एकता हुने भएको हो जसका लागि १२ बजे त्रिपुरेश्वरमा पार्टी एकता घोषणा सभा समेत आयोजना गरिएको छ।
मोहनविक्रम सिंह नेतृत्वको मसालमा राजनीतिक एजेण्डाहरुलाई हेर्ने दृष्टिकोण तथा नयाँ जनवादी क्रान्तिका बाँकी कार्यभारबारे विवाद भएपछि मसालमा विद्रोह गरेर नेकपा मसाल (सम्पर्क केन्द्र) गठन भएको थियो।
विद्रोही समूहले ३९ जिल्लामा नेकपा मसाल सम्पर्क केन्द्रको स्थापना गरेको बताइएको छ। त्यस्तै सुदूरपश्चिम, कर्णाली, वागमती, लुम्बिनी, लगायतका प्रदेशका जिल्लामा पनि संगठन विस्तार गरेको बताइएको छ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology