Logo

२०८३, आश्विन ९गते


images
images

नागरिकता नहुनेलाई पनि मतदाता नामावलीमा समावेश गर्नुपर्ने उपेन्द्र यादवको माग

नागरिकता नहुनेलाई पनि मतदाता नामावलीमा समावेश गर्नुपर्ने उपेन्द्र यादवको माग

images
  • नागरिकता नहुनेलाई पनि मतदाता नामावलीमा समावेश गर्नुपर्ने उपेन्द्र यादवको माग
    फाईल फोटो
    images
    images

    जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष उपेन्द्र यादवले आसन्न निर्वाचनका लागि मतदाता नामावली संकलन भइरहेकोमा उमेर पुगेका तर नागरिकता नभएकाहरुलाई पनि समावेश गरिनुपर्ने माग राखेका छन् ।

    images
    images
    images

    निर्वाचन प्रक्रियामा भाग लिन पाउने प्रत्येक नागरिकको नैसर्गिक अधिकार भए पनि निर्वाचन आयोगले नागरिकता हुनेलाई मात्र मतदाता नामावलीमा समावेश गरेकोमा अध्यक्ष यादवले आपत्ती जनाएका हुन् । उनले सामाजिक संजालमार्फत सबै नेपाली नागरिकहरूको नाम मतदाता नामवलीमा सामेल गराउन माग समेत गरेका छन् ।

    images
    images
    images

    उनले सामाजिक संजालमा लेखेका छन्- "निर्वाचन प्रक्रियामा भागलिन पाउनु प्रत्येक नागरिकको नैसर्गिक अधिकार हो। नागरिकता प्रमाणपत्र बनाउनु र नागरिक हुनु दुबै फरक विषय हुन् । नागरिकता प्रमाणपत्र नभएको अथवा राज्यले दिन न सकेको कारणले मात्र कुनै पनि ब्यक्ति गैरनागरिक हुनसक्दैन । लाखौं जन्मसिद्ध नागरिकहरूका सन्तानलाई अझैसम्म राज्यले नागरिकता प्रमाणपत्र दिन सकेको छैन । त्यसैगरी लाखौं मधेसीहरुलाई नागरिकता प्रमाणपत्र राज्यले प्रदान गरेको छैन । यस्तो अवस्थामा निर्वाचन आयोगले नागरिकता प्रमाणपत्र नहुनेको नाम मतदातानमावलीमा समाबेश नगर्नु , मतदान गर्न पाउने अधिकारबाट बन्चित गर्नु , निर्वाचनको प्रक्रियामा सामेल हुन बाट रोक्ने कार्य असम्बैधानिक हुनुका साथै अन्तरास्ट्रिय कानूनका बिपरित र मानबता बिरोधि कार्य हुन । निरङ्कुश पन्चायतकाल र राजाको शासनकालमा पनि यस्तो ब्यवस्था थिएन । नागरिकताको प्रमाणपत्र दिनु पर्ने दायित्व राज्यको हो , राज्यले आफ्नो जिम्मेवारी पुरा नगरेको तर त्यस्को सजाय जनताल्रे भोग्नु पर्ने यो कस्तो न्याय हो । तसर्थ सबै नेपाली नागरिकहरूको नाम मतदातानामवलीमा सामेल गर्नु पर्दछ। निर्वाचन आयोग र सरकारले यस्तो गम्भीर विषयमा समयमै ध्यान पूर्‍याओस ।कुनै पनि नागरिकलाई नागरिक अधिकारबाट बन्चित नपारियोस ।"

    images
    images
    images

    लु.png

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # उपेन्द्र यादव
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।