Logo

२०८३, आश्विन १०गते


images
images

प्रतिभा प्राथमिक विद्यालयकाे स्वर्ण महाेत्सव समापनमा लौराे टेकेर पुगे ८२ वर्षे सँस्थापक

प्रतिभा प्राथमिक विद्यालयकाे स्वर्ण महाेत्सव समापनमा लौराे टेकेर पुगे ८२ वर्षे सँस्थापक

images
  • प्रतिभा प्राथमिक विद्यालयकाे स्वर्ण महाेत्सव  समापनमा लौराे टेकेर पुगे ८२ वर्षे सँस्थापक
    images
    images

    कृष्ण अन्जान,रुरु । आफुले सिर्जना गरेकाे सँस्था फलाेस फुलाेस भन्ने कसलाई हुँदैन र? आज भन्दा पचास वर्ष अगाडि आफुहरुकाे पहलमा स्थापना भएकाे विद्यालयले स्वर्ण महाेत्सव मनाई रहँदा सँस्थापक मध्येका बयासि वर्षे बुबा कुलराज गौतम आफ्नै बारिकाे धरिमा रहेकाे विद्यालयमा तीन दिन नै लौराे टेकेर सहभागी बने ।

    images
    images
    images

    प्रतिभा प्राथमिक विद्यालय रुरुक्षेत्र गाउँ पालिका वडा न ३ सागर पाेखरी थानपतिले बुधवार देखि तीन दिन सम्म विविध कार्यक्रम गरि विद्यालयकाे स्वर्ण महाेत्सव मनायाे र शुक्रबार समापन गर्याे । विद्यालय प्राँगणमा विद्यालय स्वर्ण महाेत्सव मुल समाराेह समितिका सँयाेजक समेत रहेका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हुतराज गौतम आफ्नाे कार्यकालमा विद्यालयकाे स्वर्ण महाेत्सव मनाउन पाउँदा खुशिले गदगद देखिन्थे ।

    images
    images
    images

    हामी यतिबेला खुशि साटि रहेका छौँ याे खुशिमा साथ दिनुहुने सबैलाई हृदय देखि धन्यवाद दिन चाहन्छु गौतमले भने । हामीले तीन दिन पहिलाे चरणकाे कार्यक्रमकाे व्यवस्थापन गरि मँशिर मसान्तिकाे दिन देखि पुस २ गते सम्म स्वर्ण महाेत्सवकाे पहिलाेे चरणकाे कार्यक्रम पूरा गरेका छौ थाेर्गेली आम समुदायले हामीलाई गरेकाे माया दिनु भएकाे सदभावले हामीलाई उत्साहित बनाएकाे छ गौतमले खुशि व्यक्त गरे ।

    images
    images
    images

    हुन पनि स्वर्ण महाेत्सवकाे रौनकताले रिपाईले सागर पाेखरीमा रहेकाे प्रतिभा प्राथमिक विद्यालयकाे प्राँगण तात्याे । जस अनुसार मँशिर २९ गरे बुधबार विद्यालयमा सरस्वती पुजा प्रभात फेरी कलश यात्रा स्वर्ण स्तम्भ अनावरण गरि स्वर्ण समाराेहकाे उदघाटन गरियाे भने पुस १ गते सम्मान साँस्कृतिक कार्यक्रम लगाएतका कार्यक्रम आयाेजना भए २ भव्य समारोह सम्मान र साँस्कृतिक प्रस्तुति र दिपावली सहित पहिलो चरण समाप्त भयाे ।

    सबै भन्दा गज्जबकाे कुरा त सयौँकाे सम्मान र विद्यालयलाई नयाँ उचाइमा पुर्याउने प्रतिवद्दता ले जिवित सँस्थापक निलकण्ठ गौतम ,चतुर्भुज ज्ञवाली र कुलराज गौतमले विद्यालय स्थापना गर्दाकाे विगत सम्झेर भावविह्वल बने । विद्यालयलाई सहयाेग गर्ने सहयाेग दाता र शुभचिन्तकका काँधहरु दाेसल्लाले ढाकिए माला अविरले रँगिए , तीन दिन सम्म कार्यक्रम स्थलमा रुरु मिष्टान्न रिडीका राजु भाई र कृष्ण ज्ञवालीले पकाएका जुल्पि पुरी तरकारीकाे स्वाद समेत चाख्ने मौका मिल्याे ।

    267053128_627318278413841_4599518654127421234_n.jpg

    दाेस्राे चरणकाे कार्यक्रम वैशाख २०७९ वैशाख १गते स्मारिका प्रकाशन गरि बिमाेचन हुनेछ । विक्रम सम्वत २०२४ / ०२५ सालतिर बाट आफ्ना बालबालिका लाई प्रारम्भिक शिक्षाका लागि साविक गौतमटाेल गाउँ पन्चायतकाे जामुने मा पण्डित दुर्गा प्रसाद ज्ञवालीले चण्डि रुद्रि अमरकाेश लघुकौमुदि पढाउन शुरु गर्नु भयाे ।

    पण्डित दुर्गा दत्त ज्ञवालीकाे याे कदमले शिक्षामा केही चेतना ल्याए सँगै २०२६/०२७ साल तिर गौतमटाेलका अभिभावक हरुले पाेख्रा भन्ने ठाउँमा १०/१५ जना विध्यार्थी जम्मा पारेर सप्ताह गर्न निर्माण गरिएकाे टहराेमा अध्यापन शुरु गरिएकाे हाे । विध्यार्थीबाट सँकलित रकमबाट मासिक दुई रुपैयाँ पचास पैसा पाउने गरि थाेर्गाकै व्यक्तित्व शालिकराम ज्ञवाली शिक्षक नियुक्त भै अध्यापन शुरु गर्नु भएकाे इतिहास छ ।

    अनौपचारिक रुपमै भएपनि विद्यालय स्थापना भएपछिकाे पहिलाे शिक्षक शालिक राम ज्ञवाली बन्नुभयाे । तर २०२७/०२८ मा स्थानिय व्यक्तित्व तथा हाल रुरुक्षेत्र गाउँपालिकाका प्रमुख निलकण्ठ गौतमकाे अथक प्रयासले नेपाल राष्ट्रिय प्रतिभा प्राथमिक स्कुलकाे रुपमा स्वीकृति पाएपछि फल्लेखर्कका दानराज ज्ञवाली शिक्षकमा नियुक्त हुनु भई अध्यापन शुरु गर्नु भएकाे हाे ।

    यहि विद्यालयले यतिबेला आफ्नाे स्थापनाकाे ५० अौँ वार्षिकोत्सब तथा स्वर्ण महाेत्सवकाे पहिलो चरण पूरा गर्याे । हामीले विद्यालयकाे ईतिहास जिवन्त राख्नकै लागि याे स्वर्ण महाेत्सवकाे आयाेजना गरेका हौँ महाेत्सव सफल पार्न यसक्षेत्रका सामाजिक बौद्धिक राजनैतिक व्यक्तित्व पुर्व विध्यार्थी अभिभावक हरुकाे मन देखिकाे सहयाेगले हामीलाई उत्साह थप्याे विद्यालयका प्रधानध्यापक लक्ष्मण पन्थीले भने ।

    स्थापना काल देखि शैक्षिक गुणस्तर कायम राख्दै आएकाे याे विद्यालय यस क्षेत्रकाे सुविधा सम्पन्न अव्वल दर्जाकाे विद्यालयकाे रुपमा परिचित छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।