Logo

२०८३, आश्विन १०गते


images
images

प्रतिभा प्राथमिक विद्यालय थाेर्गाकाे स्वर्ण महाेत्सवकाे सबै तयारी पूरा

प्रतिभा प्राथमिक विद्यालय थाेर्गाकाे स्वर्ण महाेत्सवकाे सबै तयारी पूरा

images
  • प्रतिभा प्राथमिक विद्यालय थाेर्गाकाे स्वर्ण महाेत्सवकाे सबै तयारी पूरा
    images
    images

    कृष्ण अन्जान रुरु। प्रतिभा प्राथमिक विद्यालय रुरुक्षेत्र गाउँ पालिका वडा न ३ सागर पाेखरी  थानपतिले बुधवार देखि तीन दिन सम्म विविध कार्यक्रम गरि विद्यालय काे स्वर्ण महाेत्सव मनाउने तयारी पूरा गरेकाे छ । विद्यालय प्राँगणमा विद्यालय स्वर्ण महाेत्सव मुल समाराेह समितिका सँयाेजक  समेत रहेका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हुतराज गौतमले पत्रकारहरु सँग कुरा गर्दै स्वर्ण महाेत्सवकाे सबै तयारी पूरा भएकाे बताए ।

    images
    images
    images

    हामीले तीन दिन पहिलाे चरणकाे कार्यक्रमकाे व्यवस्थापन गरि मँशिर मसान्तिकाे दिन देखि पुस २ गते सम्म स्वर्ण महाेत्सवकाे पहिलाेे चरणकाे कार्यक्रम तय गरेका छौँ जस अनुसार मँशिर २९ गरे बुधबार विद्यालय मा सरस्वती पुजा प्रभात फेरी कलश यात्रा स्वर्ण स्तम्भ अनावरण गरि स्वर्ण समाराेहकाे उदघाटन गरिने छ भने पुस २ गते सम्मान साँस्कृतिक कार्यक्रम लगाएतका कार्यक्रम आयाेजना हुनेछ ।

    images
    images
    images


    यसै गरि पहिलाे चरणकाे कार्यक्रमकाे अन्तिम दिन पुस २ गते विद्यालय का लागि सहयाेग गर्ने व्यक्तित्व हरुलाई सम्मान शुभकामना  मन्तव्य तथा विविध साँस्कृतिक कार्यक्रमकाे आयाेजना गरिने छ भने साँझ दिपावलि समेत गरि पहिलाे चरणकाे कार्यक्रम समापन गरिने अध्यक्ष हुतराज गौतमले बताउनु भयाे ।

    images
    images
    images


    दाेस्राे चरणकाे कार्यक्रम वैशाख  २०७९ वैशाख १गते स्मारिका प्रकाशन गरि बिमाेचन हुनेछ । विक्रम सम्वत २०२४ / ०२५ सालतिर बाट आफ्ना बालबालिका लाई प्रारम्भिक शिक्षाका लागि साविक गौतमटाेल गाउँ पन्चायतकाे जामुने मा पण्डित दुर्गा प्रसाद ज्ञवालीले चण्डि रुद्रि अमरकाेश लघुकौमुदि पढाउन शुरु गर्नु भयाे ।पण्डित दुर्गा दत्त ज्ञवालीकाे याे कदमले शिक्षामा केही चेतना ल्याए सँगै २०२६/०२७ साल तिर गौतमटाेलका अभिभावक हरुले पाेख्रा भन्ने ठाउँमा १०/१५ जना विध्यार्थी जम्मा पारेर सप्ताह गर्न निर्माण गरिएकाे टहराेमा अध्यापन शुरु गरिएकाे हाे ।


    विध्यार्थीबाट सँकलित रकमबाट मासिक दुई रुपैयाँ पचास पैसा पाउने गरि थाेर्गाकै व्यक्तित्व शालिकराम ज्ञवाली शिक्षक नियुक्त भै अध्यापन शुरु गर्नु भएकाे इतिहास छ । अनौपचारिक रुपमै भएपनि विद्यालय स्थापना भएपछिकाे पहिलाे शिक्षक शालिक राम ज्ञवाली बन्नुभयाे । तर २०२७/०२८ मा स्थानिय व्यक्तित्व तथा हाल रुरुक्षेत्र गाउँपालिकाका प्रमुख निलकण्ठ गौतमकाे अथक प्रयासले नेपाल राष्ट्रिय प्रतिभा प्राथमिक स्कुलकाे रुपमा स्वीकृति पाएपछि फल्लेखर्कका दानराज ज्ञवाली शिक्षकमा नियुक्त हुनु भई अध्यापन शुरु गर्नु भएकाे हाे ।


    यहि विद्यालय ले यतिबेला आफ्नाे स्थापनाकाे ५० अौँ वार्षिकोत्सब तथा स्वर्ण महाेत्सवका लागि जुटेकाे हाे । हामीले विद्यालय काे ईतिहास जिवन्त राख्नकै लागि याे स्वर्ण महाेत्सवकाे आयाेजना गरेका छौँ महाेत्सव सफल पार्न यसक्षेत्रका सामाजिक बौद्धिक राजनैतिक व्यक्तित्व पुर्व विध्यार्थी अभिभावक हरुकाे मन देखिकाे सहयाेगले हामीलाई उत्साह थपेकाे छ प्रतिभा प्राथमिक विध्तालय स्वर्ण महाेत्सव मुल समाराेह समितिका सँयाेजक गौतमले बताउनु भयाे ।


    हामीले हाम्रा शुभचिन्तक हरुसँग स्वर्ण महाेत्सव सफल बनाउन गरेकाे अपिल प्रति सकारात्मकताका सन्देश पाएक छौँ र देश विदेश का साथै गाउँ घरमा गरि करिब १८ लाख भन्दा बढि सँकलन हुने अनुमान गरिएकाे छ र सहयाेग आउने क्रम जारी रहेकाे अध्यक्ष गौतमले बताउनु भयाे ।

    स्थापना काल देखि शैक्षिक गुणस्तर कायम राख्दै आएकाे याे विद्यालय यस क्षेत्रकाे सुविधा सम्पन्न अव्वल दर्जाकाे विद्यालय काे रुपमा परिचित छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।