कृष्ण अन्जान,रुरु। समस्त रुरुक्षेत्र राष्ट्रवादिहरुलाई राष्ट्रिय प्रजातन्त्र पार्टीमा समाहित हुन राष्ट्रिय प्रजातन्त्र पार्टीले अपिल गरेकाे छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टी रुरुक्षेत्र गाउँ पालिका अध्यक्ष विष्णु न्यौपाने र क्षेत्रिय अध्यक्ष अजित श्रेष्ठले अपिल जारी गर्दै राजनीतिकाे बर्तामान परिवेशमा सँवैधानिक राजतन्त्र हिन्दुराज्य राज्य नेपालकाे आवस्यकता झनै टड्कारो भएकाले सँवैधानिक राजतन्त्र र हिन्दुराज्यकाे पक्षमा वकालत गर्ने सम्पुर्ण रुरुक्षेत्र वासि आम जनसमुदायलाई राष्ट्रिय प्रजातन्त्र पार्टीमा समाहित हुन आह्ववान गर्दछौं अपिलमा भनिएकाे छ ।
पार्टीको हालै सम्पन्न स्थानीय तह जिल्ला क्षेत्र प्रदेश सँगै केन्द्रीय अधिवेशनले पार्टीलाई नया रुपान्तरणमा लगेकाे र राष्ट्रियता प्रजातन्त्र उदारवादकाे नितिकाे अपरिहार्यता सँगै सँवैधानिक राजतन्त्र र हिन्दुराज्यकाे एजेन्डा अझै बलियाे बन्दै गईरहेकाे अवस्थमा राष्ट्रिय प्रजातन्त्र पार्टी वैकल्पिक राष्ट्रवादि शक्तिकाे रुपमा अगाडी बढ्ने तयारीमा रहेकाले रुरुक्षेत्र गाउँपालिका सँगै समस्त गुल्मी जिल्लाका जनसमुदायलाई निर्धक्क पार्टीमा समाहित हुन पार्टी नेता द्दय न्यौपाने र श्रेष्ठ द्वारा आह्वान गरिएकाे हाे ।
पार्टीले हालै रुरुक्षेत्र गाउँ पालिका वडा न १ भट्कुवाका बिष्णु न्यौपानेलाई पार्टीको रुरुक्षेत्र गाउँ पालिका अध्यक्षकाे रुपमा ताेकेकाे छ भने रुरुक्षेत्र १ रिडीबजारका अजित श्रेष्ठ पार्टीको क्षेत्रिय अध्यक्षमा निर्वाचित हुनु भएकाे छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology