Logo

२०८३, आश्विन ११गते


images
images

आज पुस ३ गते  शनिवार, श्री शनिदेवको दर्शन गरी आजको राशिफल हेर्नुहोस

आज पुस ३ गते  शनिवार, श्री शनिदेवको दर्शन गरी आजको राशिफल हेर्नुहोस

images
  • सेतोमसी सहकर्मी
  • आज पुस ३ गते  शनिवार, श्री शनिदेवको दर्शन गरी आजको राशिफल हेर्नुहोस
    images
    images

    ज्यो. पं युवराज अधिकारी । आज मिति २०७८ पुस ३ गते शनिवार । तदनुसार १८ डिसेम्बर  २०२१ । श्री शनिदेवको दर्शन गरी आजको राशिफल हेर्नुहोस । 

    images
    images
    images


    आजको पञ्चाङ्ग

    images
    images
    images

    वि.सं. पौष ०३, २०७८ । ई.सं. 18 Dec, 2021 । शक संवत् १९४३ । नेपाल संवत् ११४२ थिंलाथ्व । राक्षस । दक्षिणायन । हेमन्त । शनिवार । मार्ग शुक्लपक्ष । तिथि - चतुर्दशी, ६:५६ बजे उप्रान्त पूर्णिमा । नक्षत्र - रोहिणी, १३:५९ बजे उप्रान्त मृगशिरा । योग - साध्य, १०:०८ बजे उप्रान्त शुभ । करण - वव ६:५६ बजेदेखि भद्रा, २०:०१ बजे उप्रान्त कौलव । चन्द्रराशि - वृष । आनन्दादि योग - श्रीवत्स । दिनमान २५।५० । सूर्योदय ६:५० । सूर्यास्त १७:१० । पूर्णिमाव्रत, नुवाकोट दुप्चेश्वर मेला, कुठीधान्य लक्ष्मीपूजा, दत्तात्रेयजयन्ती ।
    आजको राशिफल: 

    images
    images
    images

    मेष  (चु, चे, चो, ला, ली, लु, ले, लो, अ) 
    काम विग्रने खालको समय रहेको छ । यात्रा फलदायी हुने छैन । मन अशान्त भई रहनेछ । वायु विकारले शरीरका विविध अंगमा पीडा हुनेछ । व्यापारबाट हानी हुनेछ । शत्रु सबल हुनेछन् । आज मित्रहरुले पनि शत्रुले जस्तै व्यवहार देखाउने छन् । 
    मेष राशिको लागि शुभ खैरो रंग शुभ हुनेछ भने ( नम्बर शुभ हुनेछ । कुनै कार्य वा यात्राको गर्नको लागि पुर्व दिशा शुभ हुनेछ ।

    बृष (ई, उ, ए, ओ, वा, वी, वु, वे, वो)  
    परिवारका सदस्यहरुसंग झगडा हुने योग छ । मन साह्रै चञ्चल हुनेछ । पेट सम्वन्धी समस्या आउनेछ । पानी बाट हानीहुने दिन रहेको छ । चोट पटकको संभावना रहेको छ । पढाइमा मन जाने छैन । शरीरमा आलस्यता उत्पन्न हुनेछ । 
    वृष राशिको लागि शुभ रातो रंग शुभ हुने छ भने $ नम्बर शुभ हुनेछ । कुनै कार्य वा यात्राको गर्नको लागि उत्तर दिशा शुभ हुनेछ ।

    मिथुन (का, की, कु, घ, ङ, छ, के, को, हा)  
    धन आर्जन गर्ने अवसर मिल्नेछ । शत्रु परास्त हुनाले मन प्रशन्न हुनेछ । धैर्यताले कार्य सफल हुनेछ । साथिहरु पूर्ण सहयोग मिल्नेछ । प्रेममा सफलता मिल्नेछ । रमाइलो यात्राको योग रहेको छ । नोकरी, व्यवसाय र अध्ययनको मार्ग शुभ रहेका छन् । 
    मिथुन राशिको लागि शुभ पहेलो रंग शुभ हुने छ भने ५ नम्बर शुभ हुनेछ । कुनै कार्य वा यात्राको गर्नको लागि दक्षिण दिशा शुभ हुनेछ ।

    कर्कट (ही, हु, हे, हो, डा, डी, डु, डे, डो)
    मनमा असन्तोष बढ्नेछ । मानसिक तथा शारिरीक समस्या आउनेछ । कुभोजनका कारणले स्वास्थ्यमा समस्या उत्पन्न हुन सक्ने देखिन्छ । आँखामा समस्या आउन सक्नेछ । अनावश्यक रुपमा धनक्षय हुनेछ । परिवारमा खट्पट हुनेछ । आफन्त नै शत्रु वन्नेछन् । 
    कर्कट राशिको लागि शुभ सेतो रंग शुभ हुने छ भने १ नम्बर शुभ हुनेछ । कुनै कार्य वा यात्राको गर्नको लागि पुर्व दिशा शुभ हुनेछ । 

    सिंह (मा, मी, मु, मे, मो, टा, टी, टु, टे)
    स्वास्थ्य राम्रो रहनेछ । मनमा शुखको अनुभुति हुनेछ । सभा तथा समारोहमा सहभागि हुने अवसर मिल्नेछ । गरेका काममा सफलता मिल्नेछ । पढाइमा राम्रो सफलता मिल्नेछ । स्वादिष्ट भोजन खान पाईने तथा उपहार प्राप्त हुने योग रहेको छ । 
    सिंह राशिको लागि शुभ गुलावी रंग शुभ हुने छ भने ७ नम्बर शुभ हुनेछ । कुनै कार्य वा यात्राको गर्नको लागि उत्तर दिशा शुभ हुनेछ । 

    कन्या (टो, पा, पी, पु, ष, ण, ठ, पे, पो)  
    मानसिक तथा शारीरिक समस्याले सताउने छ । धनक्षय हुने दिन रहेको छ । बहुमुल्य सामान हराउन सक्नेछ । परिवारमा वेमेलको स्थिति आउनेछ । कुराकाट्नेहरु धेरै हुनेछन् । नैराश्यता उत्पन्न हुनेछ । अध्ययनमा रुचि घट्नेछ । शत्रुपक्ष वलवान हुनेछन । 
    कन्या राशिको लागि शुभ हरियो रंग शुभ हुने छ भने ११ नम्बर शुभ हुनेछ । कुनै कार्य वा यात्राको गर्नको लागि दक्षिण दिशा शुभ हुनेछ ।

    तुला (रा, री, रु, रे, रो, ता, ती, तु, ते)
    आर्थिक उन्नति प्रगति हुने दिन रहेको छ । काममा सफलता मिल्नाले मन प्रसन्न रहनेछ । इष्टमित्रसंग भेटघाट हुनेछ । शत्रु पराजित हुनेछन् । कीर्ति बढ्नेछ । मीष्ठान्न भोजन तथा स्वर्णादि वस्तुको लाभहुने दिन रहेको छ । 
    तुला राशिको लागि शुभ कलेजी रंग शुभ हुने छ भने ९ नम्बर शुभ हुनेछ । कुनै कार्य वा यात्राको गर्नको लागि दक्षिण दिशा शुभ हुनेछ ।

    वृश्चिक (तो, ना, नी, नू, ने, नो, या, यी, यू)  
    मनमा सुख तथा सन्तोष रहनेछ । आँटेका कामहरु पुरा हुनेछन् । आज कुनै नयाँ कामको थालनि हुनेछ । मित्रहरुबाट सहयोग मिल्नेछ । शत्रु पराजित हुनेछन् । यात्रा हुनसक्ने दिन रहेको छ । मनमा अहंकार बढ्नाले दुराचारको भावना जाग्रित हुनेछ । 
    वृश्चिक राशिको लागि शुभ पहेलो रंग शुभ हुने छ भने ७ नम्बर शुभ हुनेछ । कुनै कार्य वा यात्राको गर्नको लागि पुर्व दिशा शुभ हुनेछ ।

    धनु (ये, यो, भा, भी, भू, धा, फा, ढा, भे)
    परिवार तथा सन्तानबाट सहयोग मिल्नेछ । सरकारी काममा सफलता मिल्नेछ । यात्रा सफल हुनेछ । व्यापार व्यवसायमा राम्रो फाइदा हुने दिन रहेको छ । विद्यार्थीहरुका लागि आजको दिन फलदायी रहनेछ । चोट पटकको संभावना भने रहनेछ । 
    धनु राशिको लागि शुभ रातो रंग शुभ हुने छ भने ५ नम्बर शुभ हुनेछ । कुनै कार्य वा यात्राको गर्नको लागि उत्तर दिशा शुभ हुनेछ ।

    मकर (भो, जा, जी, खी, खु, खे, खो, गा, गी) 
    स्वास्थ्य सम्वन्धी समस्याले सताउनेछ । अनावश्यक रुपमा वादविवाद तथा झगडा हुन सक्नेछ । मन साह्रै चिन्तित रहला । जिवजन्तुको भय हुनेछ । वायुविकार तथा पेटजन्य समस्या आउनेछ । पापकर्ममा मन जानेछ । नोकरी तथा व्यापारमा समस्या आउनेछ । 
    मकर राशिको लागि शुभ गुलावी रंग शुभ हुने छ भने ७ नम्बर शुभ हुनेछ । कुनै कार्य वा यात्राको गर्नको लागि पश्चिम दिशा शुभ हुनेछ ।

    कुम्भ (गू, गे, गो, सा, सी, सु, से, सो, दा)
    धनलाभ हुने दिन छ । यात्रा तथा सवारी साधनबाट फाईदा हुनेछ । मान सम्मान मिल्नेछ । मीठो कुरा खानपाईने दिन रहेको छ । मित्रबाट पूर्ण सहयोग मिल्नेछ । प्रेमिल दिन व्यतित हुनेछ । स्वास्थ्य राम्रो रहनेछ । अध्ययनको लागि आजको दिन फलदायी रहनेछ । 
    कुम्भ राशिको लागि शुभ हरियो रंग शुभ हुने छ भने ९ नम्बर शुभ हुनेछ । कुनै कार्य वा यात्राको गर्नको लागि दक्षिण दिशा शुभ हुनेछ ।

    मीन (दी, दू, थ, झ, ञ, दे, दो, चा, ची) 
    व्यवसायबाट फाईदा हुनेछ । स्वास्थ्यले साथ दिनेछ । धन तथा यश प्राप्त हुनेछ । शत्रु सरास्त हुनेछन् । विपरीत लिङ्गसंगको कुराकानिले मन साह्रै प्रसन्न हुनेछ । पारिवारीक सुख प्राप्त हुनेछ । श्री वृद्धि तथा ख्यातिको प्राप्ति हुनेछ । अध्ययनमा त्यति रुचि जाग्ने छैन ।
    मीन राशिको लागि शुभ सेतो रंग शुभ हुने छ भने ६ नम्बर शुभ हुनेछ । कुनै कार्य वा यात्राको गर्नको लागि पुर्व दिशा शुभ हुनेछ ।

    राशिफल लेखक :- ज्यो. पं युवराज अधिकारी 
    ज्योतिष परामर्शको लागि :- कालिकादेवी ज्योतिष परामर्श तथा अनुसन्धान केन्द्र
    सम्पर्क :- ९८६७३८८३०२ 
    नोट : प्रत्यक्ष परामर्शको लागि बिहान ७ बजे बाट साँझ ६ बजे सम्म । साथै अनलाइन तथा फोनबाट पनि स:शुल्क सेवा उपलब्ध रहेको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # आजको राशिफल
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।