Logo

२०८३, आश्विन ११गते


images
images

आजको राशिफल

आज पुस २ गते  शुक्रवार, श्री लक्ष्मी माताको दर्शन गरी आजको राशिफल हेर्नुहोस

आज पुस २ गते  शुक्रवार, श्री लक्ष्मी माताको दर्शन गरी आजको राशिफल हेर्नुहोस

images
  • सेतोमसी सहकर्मी
  • आज पुस २ गते  शुक्रवार, श्री लक्ष्मी माताको दर्शन गरी आजको राशिफल हेर्नुहोस
    images
    images

    ज्यो. पं युवराज अधिकारी । आज मिति २०७८ पुस २ गते शुक्रवार । तदनुसार १७ डिसेम्बर  २०२१ । श्री लक्ष्मी माताको दर्शन गरी आजको राशिफल हेर्नुहोस । 

    images
    images
    images


    आजको पञ्चाङ्ग

    images
    images
    images

    वि.सं. पौष ०२, २०७८ । ई.सं. 17 Dec, 2021 । शक संवत् १९४३ । नेपाल संवत् ११४२ थिंलाथ्व । राक्षस । दक्षिणायन । हेमन्त । शुक्रवार । मार्ग शुक्लपक्ष । तिथि - चतुर्दशी , ३०:५६ बजे उप्रान्त पूर्णिमा । नक्षत्र - कृत्तिका , ११:२५ बजे उप्रान्त रोहिणी । योग - सिद्ध , ९:३९ बजे उप्रान्त साध्य । करण - गर १७:५२ बजेदेखि वव , ३०:५६ बजे उप्रान्त वव । चन्द्रराशि - वृष । आनन्दादि योग - छत्र । दिनमान २५।५१ । सूर्योदय ६:४९ । सूर्यास्त १७:१० । काशिस्थ पिशाचमोचनंतीर्थेश्राद्ध ।
    आजको राशिफल 

    images
    images
    images

    मेष 

    आफन्तहरुसंग झगडा हुनसक्छ । पेट तथा कोखा सम्बन्धी समस्या देखिन सक्नेछ । आज नयाँ कामको थालनि नगरेको राम्रो काम विग्रनेछ । मन अस्थिर रहनेछ । काममा सफलता मिल्ने छैन । अध्ययन तथा वैतनिक क्षेत्र अशुभ रहने छ । 

    मेष राशिको लागि शुभ रातो रंग शुभ हुनेछ भने ६ नम्बर शुभ हुनेछ । कुनै कार्य वा यात्राको गर्नको लागि उत्तर दिशा शुभ हुनेछ ।
     
    वृष 

    आकस्मिक धनलाभ हुने योग छ । स्वास्थ्य राम्रो रहने छ । शत्रु पराजित हुनेछन । प्रेममा सफल हुने योग छ । उपहार प्राप्त हुनेछ । आजको दिन सुखद् तथा प्रेमिल रुपमा व्यतित हुनेछ । विद्यार्थी भाइबहिनीहरुका लागि आजको दिन राम्रो रहेको छ । 

    वृष राशिको लागि शुभ खैरो रंग शुभ हुने छ भने ३ नम्बर शुभ हुनेछ । कुनै कार्य वा यात्राको गर्नको लागि पश्चिम दिशा शुभ हुनेछ ।
     
    मिथुन 

    मनसिक सन्तोष मिल्नेछ । स्वास्थ्य सम्बन्धि समस्यामा सुधार आउने छ । धन आर्जनको अवसर मिल्नेछ । आज कटुवचनको प्रयोग नगर्नु होला । अनावश्यक रुपमा विवाद उत्पन्न हुन सक्नेछ । व्यवसायीहरुका लागि आजको दिन फलदायी रहेकोछ । अध्ययन राम्रो रहला । 

    मिथुन राशिको लागि शुभ पहेलो रंग शुभ हुने छ भने ५ नम्बर शुभ हुनेछ । कुनै कार्य वा यात्राको गर्नको लागि दक्षिण दिशा शुभ हुनेछ ।
     
    कर्कट 

    स्वास्थ्य राम्रो रहनेछ । सत्कार तथा मान सम्मान प्राप्त हुनेछ । पारिवारीक सुख प्राप्त हुनेछ । मिष्ठान्न भोजन प्राप्त हुनेछ । अन्नलाभ हुनेछ । विद्यार्थीहरुको अध्ययनको क्षेत्र राम्रो रहनेछ । व्यवसायवाट प्रसस्त आम्दानी होला । 

    कर्कट राशिको लागि शुभ सेतो रंग शुभ हुने छ भने १ नम्बर शुभ हुनेछ । कुनै कार्य वा यात्राको गर्नको लागि पुर्व दिशा शुभ हुनेछ । 
     
    सिंह 

    प्रियजन संग बिछोड । शारीरिक समस्याले मनमा चिन्ता बढ्नेछ । आफन्तहरुबाट असहयोग प्राप्त हुनेछ । अनावश्यक रुपमा धन खर्च हुनेछ । अध्ययनमा मन जाने छैन । अनावश्यक यात्राहरु हुनेछन् । व्यवसायमा घाटा होला । 

    सिंह राशिको लागि शुभ गुलावी रंग शुभ हुने छ भने ७ नम्बर शुभ हुनेछ । कुनै कार्य वा यात्राको गर्नको लागि उत्तर दिशा शुभ हुनेछ । 
     
    कन्या 

    कामहरु बन्दै जानेछन । मित्रहरुसंग मिलनको योग छ । मीठो भोजन तथा धन प्राप्त हुनेछ । व्यवसायबाट फाइदा हुने दिनछ । आफन्तबाट प्रसस्त मात्रमा सहयोग प्राप्त हुनेछ । अध्ययनको क्षेत्र सफल रहनेछ । 

    कन्या राशिको लागि शुभ हरियो रंग शुभ हुने छ भने ११ नम्बर शुभ हुनेछ । कुनै कार्य वा यात्राको गर्नको लागि दक्षिण दिशा शुभ हुनेछ ।
     
    तुला 

    मनले चिताएको काममा सफलता मिल्ने योग छ । इष्ट सिद्धि हुनेछ । रोकिएका कामहरु पुरा हुनेछन् । तिव्रतापूर्वक काम गर्दा वेस हुनेछ । कर्मको फल प्राप्त हुनेछ । विद्यार्थी तथा व्यापारीहरुका लागि आजको दिन विशेष फलदायी रहनेछ । 

    तुला राशिको लागि शुभ कलेजी रंग शुभ हुने छ भने ९ नम्बर शुभ हुनेछ । कुनै कार्य वा यात्राको गर्नको लागि दक्षिण दिशा शुभ हुनेछ ।
     
    वृश्चिक 

    सरकारी काममा सफलता मिल्नेछ । सन्तान तथा परिवारबाट पूर्ण सहयोग प्राप्त हुनेछ । यात्राको अवसर प्राप्त हुनेछ । रोजगारी तथा व्यवसायबाट फाइदा हुनेछ । पेटमा देखिएको वायुविकार जन्य समस्या ठीक हुनेछ । पठनपाठमा मन जानेछ । 

    वृश्चिक राशिको लागि शुभ पहेलो रंग शुभ हुने छ भने ७ नम्बर शुभ हुनेछ । कुनै कार्य वा यात्राको गर्नको लागि पुर्व दिशा शुभ हुनेछ ।
     
    धनु 

    पेटजन्य रोगका कारण स्वास्थ्य खराव हुन सक्नेछ । मनमा चिन्ता बढनेछ । वादविवाद हुन सक्नेछ सतर्क रहनु होला । जिवजन्तुको भए रहनेछ । अध्ययन तथा वैतनिक मार्ग फलदायी रहने छैन ।आज नयाँ कामको थालनि नगरेकै राम्रो हुनेछ । 

    धनु राशिको लागि शुभ रातो रंग शुभ हुने छ भने ५ नम्बर शुभ हुनेछ । कुनै कार्य वा यात्राको गर्नको लागि उत्तर दिशा शुभ हुनेछ ।
     
    मकर 

    आर्थिक उन्नति तथा प्रगतिको योग रहेको छ । मान प्रतिष्ठा बढ्ने योग छ । मीष्ठान्न भोजन प्राप्त हुनेछ । परिवार तथा इष्टमित्र हरुबाट पूर्ण सहयोग मिल्नेछ । व्यवसायबाट प्रसस्त आमदानी हुने दिन रहेको छ । पढाइमा सफलता मिल्ने दिन रहेको छ । 

    मकर राशिको लागि शुभ गुलावी रंग शुभ हुने छ भने ७ नम्बर शुभ हुनेछ । कुनै कार्य वा यात्राको गर्नको लागि पश्चिम दिशा शुभ हुनेछ ।
     
    कुम्भ 

    आकस्मिक धनप्राप्तिको योग छ । यश प्राप्त हुनेछ । शत्रु परास्त हुनेछन् । स्वास्थ्य राम्रो रहने छ । मनले चिताएको काम पुरा हुनेछ । प्रेममा सफल हुने दिनछ । विपरीत लिङ्गका साथीबाट पूर्ण सहयोग मिल्नेछ । अध्ययन तथा व्यवसायीक क्षेत्र फलदायी रहेकाछन् । 

    कुम्भ राशिको लागि शुभ हरियो रंग शुभ हुने छ भने ९ नम्बर शुभ हुनेछ । कुनै कार्य वा यात्राको गर्नको लागि दक्षिण दिशा शुभ हुनेछ ।
     
    मीन 

    मेहनतसाथ गरेको काम सफल हुनेछ । यात्रा अर्थपूर्ण र सुखद होला । मन प्रसन्न रहनेछ । धन तथा सामान प्राप्त हुने दिन रहेको छ । व्यापार व्यवसायबाट मनज्ञ आम्दानी हुने योग छ । विद्यार्थीहरुका लागि आजको दिन पूर्ण फलदायी हुने छ । मनोरञ्जनमा दिन व्यतित हुनेछ ।

    मीन राशिको लागि शुभ सेतो रंग शुभ हुने छ भने ६ नम्बर शुभ हुनेछ । कुनै कार्य वा यात्राको गर्नको लागि पुर्व दिशा शुभ हुनेछ ।

    राशिफल लेखक :- ज्यो. पं युवराज अधिकारी 
    ज्योतिष परामर्शको लागि :- कालिकादेवी ज्योतिष परामर्श तथा अनुसन्धान केन्द्र
    सम्पर्क :- ९८६७३८८३०२ 
    नोट : प्रत्यक्ष परामर्शको लागि बिहान ७ बजे बाट साँझ ६ बजे सम्म । साथै अनलाइन तथा फोनबाट पनि स:शुल्क सेवा उपलब्ध रहेको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।