Logo

२०८३, श्रावण २७गते


images
images

लुम्बिनी प्रदेश

प्रदेश सरकारले साझेदारी वन व्यवस्थापन संघीय ऐनमा समावेश गर्न सुझाव दिने

प्रदेश सरकारले साझेदारी वन व्यवस्थापन संघीय ऐनमा समावेश गर्न सुझाव दिने

images
  • प्रदेश सरकारले साझेदारी वन व्यवस्थापन संघीय ऐनमा समावेश गर्न सुझाव दिने
    images
    images

    देउखुरी । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले संघीय सरकारले निर्माण गर्दै गरेको वन ऐनमा साझेदारी (झेदारी) वन व्यवस्थापनसम्बन्धी प्रावधान समावेश गर्न प्रदेश सरकारले सुझाव दिने बताएका छन् ।

    images
    images
    images

    सोमबार साझेदारी वन उपभोक्ता महासंघ नेपाल, लुम्बिनी प्रदेशका प्रतिनिधिमण्डलसँग मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको छलफलमा उनले प्रदेशस्तरका आवश्यक सुझाव संकलन गरी संघीय वन ऐनमा पठाइने जानकारी दिए ।

    images
    images
    images

    मुख्यमन्त्री आचार्यले भने, “संघले नयाँ वन ऐन बनाउन लागेको छ। त्यसमा प्रदेशले सुझाव पठाएर समावेश गराउनेछ । साथै साझेदारी वन व्यवस्थापनका लागि प्रदेशले छुट्टै कार्यविधि तयार गर्नेछ । नियमावलीमा छुटेका विषय भए संशोधन प्रक्रिया अघि बढाइनेछ ।”

    images
    images
    images

    महासंघ लुम्बिनी प्रदेशले प्रदेश वन ऐन २०७८ र नियमावली २०७९ का केही प्रावधान संघीय कानुनसँग बाझिएको तथा महत्त्वपूर्ण बुँदा छुटेको भन्दै संशोधन आवश्यक रहेको सुझाव दिएको छ ।

    महासंघका अध्यक्ष राजेन्द्र प्रसाद चौधरीसहित उपभोक्ता समूहका प्रतिनिधिहरूले ध्यानाकर्षण पत्र बुझाउँदै प्रदेशभित्रका साझेदारी वन उपभोक्ता समूहमा फरक-फरक अभ्यास भइरहेकाले नीतिगत संशोधन अपरिहार्य भएको बताएका छन् ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।