Logo

२०८३, आश्विन ९गते


images
images

बलिवुड फिल्म वार-२ र कुलीले ११ दिनमा कति कमाए ?

बलिवुड फिल्म वार-२ र कुलीले ११ दिनमा कति कमाए ?

images
  • बलिवुड फिल्म वार-२ र कुलीले ११ दिनमा कति कमाए ?
    images
    images

    काठमाडौँ । बलिवुडमा हाल दुई ठुला बजेटका फिल्म प्रदर्शनमा रहेका छन् । ऋतिक रोशन र जूनियर एनटीआरको वार- २ रिलिज भएको छ भने सुपरस्टार रजनीकान्तको कुली पनि एकसाथ रिलिज भएका थिए । रिलिजको ११ दिनमा रजनीकान्तको फिल्म कुलीले भारतमा २५६.७५ करोड कमाई गरेको छ ।

    images
    images
    images

    फिल्मले भारतीय बक्स अफिसमा पहिलो दिन ६५ करोड कमाई गरेको थियो भने दोस्रो दिन शुक्रबार ५४.७५ करोड कमाई गरेको थियो । त्यस्तै कुलीले तेस्रो दिन भारतमा ३१.२१ करोड कमाई गरेको थियो भने चौथो दिन ३५.२५ करोड, पाँचौं दिन १२ करोड र छैटौं दिन ९.५० करोड कमाई गरेको छ ।

    images
    images
    images

    त्यस्तै सातौं दिन फिल्मले ७.५ करोड र आठौं दिन विहिबार ६.२५ करोड कमाई गरेको थियो । त्यस्तै फिल्मले नवौं दिन ५.८५ करोड, दशौँ दिन १०.५ करोड र ११औं दिन १०.७५ करोड कमाई गरेको छ । त्यसैगरी वार-२ ले पनि बक्सअफिसमा जबर्जस्त कमाई गरिरहेको छ । फिल्मले ११ दिनमा २२१ करोड कमाई गरेको छ । फिल्मले भारतमा पहिलो दिन ५२ करोड कमाई गरेको थियो भने दोस्रो दिन शुक्रबार ५७.३५ करोड कमाई गरेको थियो ।

    images
    images
    images

    त्यस्तै तेस्रो दिन शनिबार फिल्मले ३३ करोड कमाई गरेको थियो भने चौथो दिन ३२. ६५ करोड, पाँचौं दिन ८.७५ करोड र छैटौं दिन ८.२५ करोड कमाई गरेको थियो । त्यस्तै फिल्मले सातौं दिन ५.७५ करोड र आठौं दिन ५ करोड कमाई गरेको थियो । त्यस्तै फिल्मले नवौं दिन ४ करोड, दशौँ दिन ६.२५ करोड र एघारौँ दिन ६.५० करोड कमाई गरेको छ ।

    सुपरस्टार रजनीकान्तकोको फिल्म कुलीले दक्षिण भारतमा आफ्नो दबदबा कायम गरेको छ भने ऋतिक र जुनियर एनटीआरको फिल्म वार-२ ले हिन्दी भाषामा दबदबा कायम गरेको देखिएको छ । कुली यस वर्षको बहुप्रतिक्षित फिल्महरू मध्ये एक हो ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # बलिवुड
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।