काठमाडौं । न्युज २४ टेलिभिजनमा जय स्वाभिमान कार्यक्रम संचालन गरेर चर्चामा आएका कार्यक्रम प्रस्तोता प्रेम बानियाँले हाँस्यकलाकार एवं सामाजिक अभियन्ता सिताराम कट्टेल 'धुर्मुस' फ्रस्टेट भएको जनाएका छन् । सामाजिक संजाल फेसबूकमा लेख्दै बानियाँले आफुले धुर्मुससंग लामो कुराकानी गरेको उल्लेख गर्दै धुर्मुसले आत्महत्या गर्यो भने के हुन्छ ? दुरूत्साहनको मुद्दा कसलाई लाग्छ ? भन्ने प्रश्न गरेका छन् ।

धुर्मुसले देशको निमित्त केही गर्छु भनेर अघि सर्दा अफ्ट्यारोमा परेको उल्लेख गर्दै बानियाँले लेखेका छन् - "देशको निमित्त केही गर्छु भन्यो, भूईंचालोले तहसनहस पारेका केही वस्ती बनायो अनि देशलाई क्रिकेट रंगशाला दिन्छु भनेर त्यो अभियान थाल्यो । १७ करोड ऋण छ अहिले ! फाउण्डेशन ऋन तिर्न नसकेर ‘ब्ल्याकलिस्ट’ पर्दैछ !"

उनले अघि लेख्छन् - "धुर्मुस आफै बिचलित देखें ! छँदाखाँदाको कलाकारिता उसै अलपत्र पर्यो ! हिजोको लोकप्रियता कता गयो ? आज मान्छेहरू कोही माओवादी भन्छन् उस्लाई, कोही के बादी, कोही के ? ‘फ्रस्ट्रेसन’को शिकार भएको पाएँ ! लामो कुराकानी पछि यो लेख्दैछु ।"
धुर्मुसालाई ॠणको चंगुलबाट बाहिर निकालेर उनलाई राज्यले सम्मान गर्नुपर्ने बानियाँको भनाइ छ । उनको अर्को प्रश्न छ - "धुर्मुसले के अपराध गर्यो यो देशमा ?" बानियाँले सरकारले तत्काल धुर्मुसलाई ऋणमुक्त गरेर रंगशालाको जिम्मेवारी लिन आग्रह गरेका छन् ।

स्मरण रहोस, गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रीकेट रंगशालाको जम्मा ३५ प्रतिशत काम सम्पन्न भएको छ भने १७ करोड बढी ऋण रंगशालाले तत्काल तिर्नुपर्ने छ । जसका कारण धुर्मुस सुन्तली फाउन्डेसन कालोसूचीमा पर्ने सम्भावना बढ्दो छ । 
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology