Logo

२०८३, आश्विन ११गते


images
images

धुर्मुस-सुन्तलीको बकपत्र

धुर्मुस-सुन्तलीको बकपत्र : छोरीको उपचार गर्न अमेरिकामा छौं, १८ करोडको बोझ उत्रिएको छैन

धुर्मुस-सुन्तलीको बकपत्र : छोरीको उपचार गर्न अमेरिकामा छौं, १८ करोडको बोझ उत्रिएको छैन

images
  • धुर्मुस-सुन्तलीको बकपत्र : छोरीको उपचार गर्न अमेरिकामा छौं, १८ करोडको बोझ उत्रिएको छैन
    images
    images

    काठमाडौँ । चितवनको भरतपुरमा क्रिकेट रंगशाला विवादमा मुछिएका कलाकार जोडी सिताराम कट्टेल र कुन्जना घिमिरे अर्थात धुर्मुस सुन्तलीले आफुहरु अमेरिका पुगेको जानकारी दिएका छन् । 

    images
    images
    images

    मिडिया र सामाजिक सञ्जालमा उनीहरु नेपालबाट अमेरिका भागेको भन्ने आशयको बहस शुरु भएपछि धुर्मुस सुन्तलीले 'हाम्रो बकपत्र' शिर्षकमा सामाजिक सञ्जालमा लामो फेहरिस्त लेख्दै आफुहरु छोरीको उपचारका लागि अमेरिका पुगेको जानकारी दिएका हुन् । 

    images
    images
    images

    बकपत्रमा धुर्मुस सुन्तलीले २०७२ सालको महाभूकम्पमा सामाजिक कर्ममा होमिएको देखि  भरतपुर क्रिकेट रंगशालासम्मको विवरण उल्लेख गरेका छन् । उनीहरुले अहिले पनि १८ करोड ४३ लाख रुपैयाँ आर्थिक दायित्वको बोझ आफुहरुको टाउकोबाट नउत्रिएको उल्लेख गर्दै सरकारी कार्यालयदेखि अड्डा–अदालतहरुको चक्कर लाउँदा–लाउँदा हत्तु हैरान भएको र आफुहरु पूर्णरुपमा रित्तिएको उल्लेख गरेका छन् ।

    images
    images
    images

    धुर्मुस सुन्तलीले आफ्नी छोरीको स्वास्थ्यको बारेमा भनेका छन्: 

    केही समयअघि मात्र हामीले आफ्नो एक मात्र छोरी सुविहानीको शारीरिक समस्या सार्वजनिक गर्यौ, जुन अहिलेसम्म लुकाएर राखेका थियौं । अहिले हामी वाध्य हुनु परेको हो, यो विषय बाहिर ल्याउन, किनकी रंगशालाकै उल्झनले छोरीलाई उपचारका लागि लैजान ढिलाइ भइरहेको थियो ।

    म सिहंदरबार परिक्रमा गरिरहँदा छोरीको स्वास्थ्य क्रिटिकल बन्दै गयो । जन्मेको १६ दिनदेखी म्यानेन्जाईटिस जस्तो प्राणघातक रोगको शिकार भए संगै घुँडाको हड्डीमा समेत ईन्फेक्सन भएर दाहीने खुट्टाको घुँडाको कुर्कुरे हड्डी किटाणुले खाइदियो । उनको हाईट जति समय सम्म बढ्छ त्यती समय सम्म डक्टरको निगरानीमा राखेर उपचार गर्नुपर्ने  भन्ने डाक्टरको सल्लाहअनुसार पाटन हस्पिटलमा एक महिनाको बसाई सकेर १२ बर्ष अगाडी  घर फर्केका थियौं । अब छोरी फाल्गुनमा १३ लाग्छिन् । अहिले छोरीको दाहिने खुट्टा देब्रे खुट्टा भन्दा ७ सेन्टिमिटर सानो छ ।

    उनी ४ बर्षको हुँदा उनको दाहिने खुट्टा बाङ्गो भएर नबढोस भनेर साईडबाट बढने हड्डी रोक्न दाहिने घुँडामा अप्रेशन गरेर भित्र स्टिल राखिएको थियो, जुन स्टिल निकाल्न अनि छोटो खुट्टाको हड्डी तन्काउने उपचार गर्न ३,४ बर्ष ढिला भईसकेको थियो । अहिले उनलाई हिड्नमा धेरै समस्या भईसकेको, हिपको जोईन्टमा उठ्दा बस्दा दुख्न थालेको छ  । यो हड्डी तन्काउने उपचार लामो अनि एकदम कष्टकर छ  । बाबु-आमाको लागि सन्तानभन्दा ठूलो के हुन्छ ? आफ्नो छोरीले अरुका छोराछोरीजस्तो कुद्न र खेल्न नसक्दा बाबुआमाको मन कति बिचलित होला ? त्यसैले सबै कुरा थाँती राखेर केही समय छोरीको उपचारका लागि हामी अमेरिकामा आएका छौं । यहाँ ल्याउनुको पनि अर्को पृष्ठभूमि छ । छोरीलाई हामीले नेपालका थुप्रै अस्पतालमा लग्यौं । भारत पनि पुर्‍यायौं । सबैले यसको सबैभन्दा सुरक्षित/उच्च प्रविधी सहितको उपचार अमेरिकामा हुने सुझाव दिनुभयो । तर, हाम्रो आर्थिक हैसियतले अहिले यो सम्भव थिएन ।

    नेपालमा कलाकारिता पनि गर्न नसक्दा र बाँच्नसक्ने कुनै आधार नभेटेपछि ‘मरता क्या नहीँ करता’ भन्ने स्थितिमा हामीले तीन वर्षअघि अमेरिकाको ‘एक्स्ट्रा अर्डिनरी ग्रिनकार्ड’ का लागि आवेदन गरेका थियौं नेपालबाटै । यो विभिन्न विधाका असाधारण क्षमता भएकाहरुका लागि  दिइने स्थायी बसोबास अनुमतीपत्र हो । यो कार्डमा आएपछि  कम आम्दानी भएका बाबुआमाका  बच्चाका लागि नि: शूल्क उपचार सुविधा हुने रहेछ इन्सुरेन्स/ मेडिकेडमार्फत । यसअघि कुन्जनाको कोखमा रहेको हाम्रो दोस्रो बच्चा ‘स्ट्रेस’ कै कारण खेर गएको थियो । भएकी एक मात्र सन्तानको हकमा हामीले कुनै जोखिम लिन चाहेनौं । उनको स्वास्थ्य र सुरक्षित भविष्यका लागि अमेरिकाको ‘एक्स्ट्रा अर्डिनरीमा’ एप्लाइ गर्ने निर्णय लिएका थियौं ।

    आवेदन गरेको दुई वर्षपछि पोहोर साल हामीले भिसा पायौं । तर, भिसा हातमा परेको दिन हामी खुशी हुन सकेनौं, बरु भक्कानिएर रोयौं । कारण यो हाम्रो रहरको निर्णय थिएन । हामी परिस्थितिको दास बनेका थियौं । गत वर्ष हामी अमेरिका आयौं । अमेरिका आउने जाने खर्चको जोहो गर्न कुन्जनाले आफूसँग भएका सबै गरगहना बेचिन् । आएकै एक महिनामा म रंगशालाको कामले सिंहदरबार धाउन फर्किए । 

    रंगशालाको दलदलबाट बाहिर निस्किएर मात्र हामी छोरीको उपचारका लागि अमेरिका जान चाहन्थ्यौं । भरतपुर महानगरपालिका र संघीय सरकारलाई छोरीको उपचारको लागि बाहीर जानुपर्ने भएकाले हामीलाई छिटो यो भारीबाट मुक्ति दिलाईदिनुस भनेर पटपकपटक अनुरोध गरेका थियौ तर सबै प्रयास लगाउँदा पनि कुनै उपाय लागेन । निराशा मात्र हात पर्यो । त्यसैले हामी छोरीको ज्यान जोखिममा नपरोस भनेर समस्यालाई थाँती राखी अहीले अमेरिका आउन वाध्य बन्यौं । यो वाध्यतालाई सबैले बुझिदिनुहुनेछ भन्ने आशा गर्छु ।

    हामी भागेको होइन । छोरीको उपचार सम्पन्न भएपश्चात नेपाल फर्किनेमा कुनै सन्देह छैन । छोरीको उपचारपश्चात हामी नेपाल फर्किएर अब कलाकारितामै रम्न चाहन्छौं । तर, रंगशालाको उल्झनबाट मुक्ति नपाउँदासम्म हामीले नेपालमा न काम गरेर खान सक्ने, न चैनसित निदाउन सक्ने अवस्था रह्यो । हाम्रो यति चाहना छ, कि रंगशालाको समस्या समाधान भएर हामीले नेपालमै कलाकारिता गरेर बाँच्न सक्ने अवस्था बनोस ।

    हामी अमेरीका आएको विषयलाई लिएर भ्रामक प्रचारवाजी र हल्लाको व्यापार पनि शुरु भइसकेछ  । जुन कुरा हामी सार्वजनिक गर्ने नै थियौँ । अहीले हामी नितान्त छोरीको उपचारमा केन्द्रित थियाँै । छोरीको उपचारको प्रक्रिया पनि शुरु भएको छ, हामी निरन्तर अपडेट पनि गर्नेछौ ।  न त हामीले अमेरीकामा कुनै ब्यवसाय शूरु गरेको छौ न त कुनै लगानी नै छ । भ्रमको खेती गर्नेलाई धन्यवाद भन्नुवाहेक हामीसंग अरु कुनै शब्द छैन । अतः भ्रामक प्रचारवाजी र हल्लाको पछि नलागी  दिनुहुन सबैलाई बिनम्र अनुरोध गर्दछौं । दुरिका हिसावमा टाढा भएपनि पनि हामी तपाईंहरुबीचमै छौं । सामाजिक सञ्जालले हामीलाई निरन्तर जोड्ने नै छ । अहिलेलाई हामी छोरीको सुरक्षित र सफल उपचारका लागि यहाँहरु सबैको आशीर्वाद चाहन्छौं । मुख्य कुरा हामीलाई रंगशालाको समस्याबाट मुक्ति दिएर कलाकारितामा फर्किने वातावरण राज्यले सिर्जना गरिदियोस्, नेपाल सरकारलाई हाम्रो विनम्र अनुरोध  !

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # धुर्मुस
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।