Logo

२०८३, श्रावण २७गते


images
images

लुम्बिनी प्रदेश

संघीयता सुदृढीकरणका लागि नवप्रवर्तनलाई प्राथमिकता : मुख्यमन्त्री आचार्य

संघीयता सुदृढीकरणका लागि नवप्रवर्तनलाई प्राथमिकता : मुख्यमन्त्री आचार्य

images
  • संघीयता सुदृढीकरणका लागि नवप्रवर्तनलाई प्राथमिकता : मुख्यमन्त्री आचार्य
    images
    images

    दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले संघीयता सुदृढीकरणसँगै नवप्रवर्तनका योजनालाई प्राथमिकताका साथ अघि बढाइने बताए ।

    images
    images
    images

    प्रदेश तथा स्थानीय शासन सुदृढीकरण कार्यक्रम अन्तर्गत राप्ती उपत्यकामा भएको प्रादेशिक निर्देशक समितिको बैठकमा उनले लागू भएका कार्यक्रमहरूको प्रभावकारी अनुगमन आवश्यक रहेको उल्लेख गर्दै जिल्ला समन्वय महासंघ, नगरपालिका महासंघ र गाउँपालिका महासंघको भूमिका महत्त्वपूर्ण हुने बताए ।

    images
    images
    images

    लुम्बिनी प्रदेशमा हाल सात स्थानीय तहमा नवप्रवर्तन कार्यक्रम कार्यान्वयनमा छन् । तीमध्ये ठाकुरबाबामा दिगो विकास तथा हरित अर्थतन्त्र, तानसेनमा उद्यमशीलता तथा पर्यटन, मायादेवीमा स्मार्ट मायादेवी, सरुमारानीमा डिजिटल विद्यालय, रामग्राममा पर्यटन होमस्टे र उद्यमशीलता, छत्रकोटमा सूचना प्रविधिमैत्री शिक्षा र शुद्धोधनमा ई–सिफारिस सेवा केन्द्र सञ्चालन भइरहेका छन् ।

    images
    images
    images

    बैठकले प्रादेशिक सहयोग इकाई र प्रदेश सुशासन केन्द्रको वार्षिक बजेट तथा कार्यक्रम पारित गर्दै प्राविधिक सहायता समिति गठनबारे छलफल गर्‍यो । सहभागीहरूले सहकार्य, समन्वय र सहअस्तित्वमा आधारित भएर नवप्रवर्तनलाई अघि बढाउनुपर्नेमा जोड दिए ।

    बैठकमा सेवा प्रवाह सुधार, सुशासन प्रवर्द्धन, लैंगिक समानता, डाटा पोर्टल प्रयोग, एक्सन रुम सञ्चालन, गुनासो व्यवस्थापन, आर्थिक अनुशासन, परियोजना बैंक र तथ्यमा आधारित नीति निर्माणलाई प्राथमिकतामा राखिने जानकारी दिइयो ।

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।