देवदह । निरन्तर महिला बचत तथा ऋण सहकारी संस्थाले १७ औँ स्थापना दिवस मनाएको छ । स्थापना दिवसको अवसरमा बुधवार आधारभुत स्वास्थ्य सेवा केन्द्र, देवदह ६ र शिवालय सिर्जनशील महिला समूहलाई सामग्री वितरण गरिएको हो ।
सहकारीले आधारभुत स्वास्थ्य सेवा केन्द्रमा दराज सहयोग गरेको छ भने सिर्जनशील महिला विकास समूह देवदह-६ लाई पोडियम र टेवल उपलब्ध गराएको छ ।
स्थापना विशेष कार्यक्रममा देवदह नगरपालिका वडा नं ६ का अध्यक्ष खेम बहादुर थापा, कार्यपालिका सदस्य रूपा ढुंगाना, जनप्रतिनिधी देवी प्रसाद न्यौपाने लगायतको उपस्थिति रहेको थियो ।
सहकारीका अध्यक्ष सर्मिला पन्तको अध्यक्षता, दुर्गा शर्मा रेग्मीको स्वागत तथा अविता गौतम ज्ञवालीको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
वि. सं. २०६५ सालमा स्थापना भएको निरन्तर महिला बचत तथा ऋण सहकारी संस्थाको कार्यालय देवदह नगरपालिका वडा नं ६ मा रहेको छ । सहकारीमा एक हजार ३०५ जना शेयर सदस्य रहेका छन् ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology