Logo

२०८३, श्रावण २७गते


images
images

निरन्तर महिला सहकारीमा नयाँ नेतृत्व, अध्यक्षमा सर्मिला पन्त

निरन्तर महिला सहकारीमा नयाँ नेतृत्व, अध्यक्षमा सर्मिला पन्त

images
  • निरन्तर महिला सहकारीमा नयाँ नेतृत्व, अध्यक्षमा सर्मिला पन्त
    images
    images

    देवदह । निरन्तर महिला बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा सर्मिला पन्त निर्वाचित भएकी छन् । शनिवार सम्पन्न संस्थाको छैठौं अधिवेशनले पन्तको अध्यक्षतामा नयाँ संचालक समिति चयन गरेको हो । 

    images
    images
    images

    समितिको उपाध्यक्षमा अविता ज्ञवाली, सचिवमा सोना तिवारी र कोषाध्यक्षमा दुर्गा रेग्मी रहेका छन् ।  सदस्यहरुमा लक्ष्मी पौडेल, शोभा क्षेत्री, दुर्गा आचार्य, रुमी थापा र कृष्णा ढकाल रहेका छन् । 

    images
    images
    images

    त्यसैगरी लेखा समिति संयोजकमा राधिका अर्याल तथा सदस्यहरुमा दुर्गा पोखरेल र निर्मला कुमारी ढकाल चयन भएको जनाइएको छ । 

    images
    images
    images

    संस्थाको १७ औं वार्षिक साधारण सभा तथा छैठौं अधिवेशनमा प्रस्तुत प्रतिवेदन सर्वसम्मत रुपमा पारित भएको छ । 

    सो अवसरमा सहकारीले चिठ्ठा मार्फत ५० जना शेयर सदस्यलाई तामाको जग वितरण गरेको छ । ४७ जना एकल महिला, ७० वर्ष माथिका १९ जना जेष्ठ महिला, फरक क्षमता भएका एक जना महिला तथा कक्षा १० मा ए प्लस ल्याउने तीन जना विद्यार्थीलाई समेत सम्मान गरिएको छ ।  

    साधारणसभामा सहकारी अभियन्ताहरु टिका न्यौपाने, जागेश्वरी पंगेनी लगायतको उपस्थिति रहेको थियो । 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।